यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ३ बिहीबार
2026, Apr 16, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जग्गा तथा आवास विकासका समस्या समाधानका लागि कार्यदलले बुझायो प्रतिवेदन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ३ बिहीबार
2026, Apr 16, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जग्गा तथा आवास विकासका समस्या समाधानका लागि कार्यदलले बुझायो प्रतिवेदन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

जग्गा तथा आवास विकासका समस्या समाधानका लागि कार्यदलले बुझायो प्रतिवेदन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ५, शुक्रबार १३:०२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :जग्गा तथा आवास विकाससँग सम्बन्धित समस्याहरुको समाधानका लागि गठित कार्यादलले शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।

शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई प्रतिवेदन बुझाएको हो। जग्गा तथा आवास विकाससँग सम्बन्धित सुझावहरू तथा अन्य व्यवस्थाहरू अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई गर्नुपर्ने सुधार सहितको प्रतिवेदन पेश गर्न शहरी विकास मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदन–२०८१ बुझ्दै उपप्रधानमन्त्री सिंहले घरजग्गाको किनबेचमा ठूलो उत्साह नरहेको बेलामा बनेको प्रतिवेदनले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।

उनले प्रतिवेदनलाई शहरी विकास मन्त्रालयले चाँडै कार्यान्वयनमा लैजाने र यसले देशको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे। शहरमा भाडामा बस्ने परिवारको संख्या बढी रहेको भन्दै निम्न र मध्यम वर्गलाई हाउजिङबाटै आफ्नै सम्पती हुनेगरी अघि बढ्ने योजना सफल बनायनसके अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए।

उनले भने, ‘घरजग्गाको किनबेचमा पनि त्यत्ति ठूलो उत्साह छैन भनेर आइरहेको छ। तर अब हामीले जुन अध्ययन प्रतिवेदन दिनुभएको छ, यसलाई क्रमिक रुपमा कार्यान्वयन गर्दै गयो भने नेपालको इकोनोमीमा ठूलो योगदान हाउजिङ क्षेत्रबाट पुग्नेछ। यसमा सरकारी क्षेत्र, निजी क्षेत्र पनि समावेश छ। सबैको आइडिया लिएर कन्प्रिहेन्सिभ प्रतिवेदन दिएको छ। यसलाई चाँडै कार्यान्वयनमा लैजान्छौँ।’

ज्ञापन पत्र बुझाउँदै नेपाल जग्गा तथा आवास विकास संघका निःवर्तमान अध्यक्ष भेषराज लोहनीले प्रतिवेदन सबैको लागि बनेको र प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजानसके नेपालको घरजग्गाको क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले ल्याण्ड पुलिङ लगायतका धेरै विषयहरु प्रतिवेदनले समाधान गर्ने बताए। काठमाडौं उपत्यकामा बनाउन लागिएका नयाँ ४ शहरमा निजी क्षेत्रलाई ढोका खोल्नसक्ने स्थिति निर्माण गर्नुपर्ने बताए।

प्रतिवेदन बुझाउँदै शहरी विकास मन्त्रालयका सहसचिव एवं कार्यदलका संयोजक दिलिप भण्डारीले मुख्य शहरी क्षेत्रमा ४० प्रतिशत भन्दा बढी परिवार भाडामा बसेको अवस्थामा संघीय सरकारले मात्रै जिम्मा लिएर आवास व्यवस्थापन गर्नसक्ने अवस्था नदेखिएको बताए। उनले अब स्थानीय तह र निजी क्षेत्रलाई पनि अधिकार र जिम्मेवारी नदिए समस्या कम गर्न नसकिने बताए।

प्रतिवेदनमाथि स्टेकहोल्डरहरुसँग बसेर मन्त्रालयले छलफल गरी चाँडोभन्दा चाँडो कानूनी रुप दिनुपर्ने सुझाव दिए।

अघिल्लो लेख त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान
अर्को लेख अफगानिस्तानमा सडक दुर्घटना, ४४ जनाको मृत्यु, ७६ घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रियसमाचार

केही व्यक्तिलाई जोगाउन समीकरण फेरियो : गृहमन्त्री लामिछाने

२०८१ असार १८, मंगलवार १९:०७ गते
राजनीतिसमाचार

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

२०८२ चैत्र २३, सोमबार १०:११ गते
राजनीति

खुला दिलले दिएको जग्गामा कुनै लेनादेना छैन : एमाले

२०८१ आश्विन ३०, बुधबार १७:५३ गते
राजनीतिसमाचार

एमालेले बोलायो सचिवालय बैठक

२०८२ असार ३२, बुधबार ११:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?