काठमाडौं :भक्तपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
गएरााति ८ बजे सूर्यविनायक नगरपालिका –१० नलिन्चोकमा जगातीबाटसाँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ को मोटरसाइकलले पैदलयात्री रामेछाप दोरम्बा गाउँपालिका वडा –४ घर भई नलिन्चोक बस्ने वर्ष ७० को निम बहादुर मगरलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारका क्रममा गएराति पौने १० बजे मृत्यु भएको भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुन्डिराज नेउपानेले जानकारी दिए।
मोटरसाइकल र चालक काभ्रे जिल्ला बनेपा नगरपालिका–६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





