यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशबाट बाहिरिनेभन्दा भित्रने रकम बढ्दो, विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुग्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशबाट बाहिरिनेभन्दा भित्रने रकम बढ्दो, विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुग्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

देशबाट बाहिरिनेभन्दा भित्रने रकम बढ्दो, विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुग्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २८, शुक्रबार ०७:५६ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – देशबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा एक खर्ब ५० अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा एक अर्ब १३ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५३ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै, चालु खाता एक खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको यही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको थियो । समीक्षा अवधिमा पाँच अर्ब ७६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह तीन अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल वस्तु निर्यात चार दशमलव दुई प्रतिशतले बढेर ५२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फको निर्यातमा आठ दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १८ दशमलव तीन प्रतिशत र अरु देशतर्फ तीन प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, पिनालगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, तयारी पोशाक, जुस, अदुवालगायत वस्तुको निर्यात घटेको छ ।

यस्तै कुल वस्तु आयात शून्य दशमलव दुई प्रतिशतले बढेर पाँच खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो आयातमा तीन दशमलव आठ प्रतिशतले कमी आएको थियो ।

वस्तुगत आधारमा यातायात उपकरण, गाडी तथा गाडीका स्पेयर पार्टस, खानेतेल, स्पन्ज आइरन, लसुन, दूरसञ्चार उपकरण तथा पार्टस्लगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, हवाईजहाज स्पेयर पार्टस, विद्युतीय उपकरण लगायत वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कन्चनपुर, रसुवा र तातोपानी भन्सार कार्यालयबाहेकका सबै प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । यस्तै कुल वस्तु व्यापार घाटामा शून्य दशमलव तीन प्रतिशतले कमी आई चार खर्ब ६० अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

यस्तै चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकका अनुसार गएको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलव पाँच प्रतिशतले बढेर गएको कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असार मसान्तमा १५ अर्ब २७ करोड रुपैयाँ रहेकामा गएको कात्तिक मसान्तमा नौ दशमलव चार प्रतिशतले वबढेर १६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो लेख एसिया कप खेल्न नेपाली महिला टोली आज मलेसिया जाँदै
अर्को लेख धनगढीबाट अवैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

२०८१ फाल्गुन २०, मंगलवार १२:३२ गते
अर्थ-वाणिज्यसमाचार

शेयर बजार सामान्य बढ्दा फाइनान्स समूह २.५५ प्रतिशतले उकालो लाग्यो

२०८२ पुष ३०, बुधबार १६:३२ गते
अर्थ-वाणिज्य

तोलामा १९ सयले घट्यो सुन

२०८१ चैत्र २४, आईतवार ११:२१ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

२०८१ माघ ८, मंगलवार ११:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?