यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज सातौँ सामाजिक सुरक्षा दिवस
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज सातौँ सामाजिक सुरक्षा दिवस
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

आज सातौँ सामाजिक सुरक्षा दिवस

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ११, मंगलवार ०८:०४ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – सरकारले आज सातौँ सामाजिक सुरक्षा दिवस मनाउँदैछ ।

सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई यसकै आधारमा २०६७ साल चैत ७ गते भएको थियो ।

सामाजिक सुरक्षा योजनाहरुको औपचारिक शुभारम्भ भने २०७५ मङ्सिर ११ गते भएको थियो । त्यसैले कोषले मङ्सिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गर्दछ ।

सामाजिक सुरक्षा कोषमा रोजगारदाता र स्वरोजगारहरुलाई समावेश गरेर पुग्दो र दीगो पेन्सनको सुविधा सुनिश्चित गर्ने बाटोमा अग्रसर भएको कोषका सूचना अधिकारी उत्तमराज नेपालले जानकारी दिएको छ । यस्तै सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको दिशामा पनि कोष सफल हुँदै गइरहेको उनको भनाइ छ ।

दीगो र पुग्दो पेन्सन र भरपर्दो स्वास्थ्य उपचारको लागि कोषमा आबद्ध हुनुपर्ने उनले बताएको छ । श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत काट्ने र यसमा रोजगारदाताको २० प्रतिशत थपेर सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुन्छ । यसवापत पेन्सनसहित विभिन्न सुविधा प्राप्त हुन्छ ।

पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रका र वैदेशिक रोजगारीमा गएका श्रमिकका १८ वर्षमुनिका छोरा–छोरीलाई पनि स्वास्थ्य सुविधामा समेटिएको छ । यस्तै सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले वाषिर्क एक लाखसम्मको औषधि उपचार सुविधा पाउने गर्दछन् ।

कोषमा २ वर्ष योगदान गरेकालाई घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्चको शोधभर्ना हुन्छ । यसैगरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ ।

स्थायी रुपमा अशक्त भएमा अशक्तताको अनुपातको आधारमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन पेन्सन पाइन्छ । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रति परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअनुुसार सुविधा पाउँदै आएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ ।

कोषका अनुसार अहिलेसम्म १९ हजार सात सय ६९ रोजगारदातामार्फत १७ लाख ९७ हजार ६ सय ४० जना योगदानकर्ताले रकम जम्मा गरिरहेका छन् । अहिलेसम्म ६८ अर्ब ३८ करोड रुपैयाँ भन्दा धेरै योगदान रकम जम्मा भएको छ भने ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानीको निवेदन प्राप्त भएको छ ।

एक अर्ब ४८ करोड रुपैयाँ औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम, १५ करोड २१ लाख रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम, १८ करोड ५५ लाख रुपैयाँ आश्रित परिवार सुरक्षा दाबी रकम र नौ अर्ब ८० करोड रुपैयाँ अवकास दाबी रकम रहेको कोषले जनाएको छ ।

अघिल्लो लेख रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै
अर्को लेख झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

२०८१ मंसिर ३, सोमबार १०:५९ गते
अर्थ-वाणिज्य

सुन एकै दिन तोलामा ३ हजार ९ सय घट्यो

२०८१ चैत्र २२, शुक्रबार ११:२७ गते
अर्थ-वाणिज्यसमाचार

लगातार घटेको सुनको भाउ आज ताेलामा २ हजार ९ सय रुपैयाँले बढ्यो

२०८२ पुष १८, शुक्रबार ११:१९ गते
अर्थ-वाणिज्य

मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढ्दो

२०८१ पुष १, सोमबार ०९:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?