धनगढी – तेस्रो सुप राष्ट्रिय इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८१ को सर्वोत्कृष्ट भाषाभाषी अभिनय तर्फको तर्फको अवार्ड रितु चौधरीले हात पारेकी छन् ।
सोमबार सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको प्रमुख अतिथ्यतामा भएको एक समारोहकाबिच रितु चौधरीलाई अवार्ड प्रदान गरिएको हो ।
अभिनयको प्रतिस्पर्धामा चौधरीको “सुदुरकी चेली” बोलको गीत सामेल गरिएको थियो । प्रतियोगितामा दर्शकहरुको भोटिङलाई बढी आधार मानेर सर्वोत्कृष्ट छनोट गरिएको थियो ।
विगत सात वर्ष देखि छायांकन क्षेत्रमा लागेका चौधरीले दास्रो सुप इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८० मा समेत अभिनयबिधा बाट अवार्ड जित्न सफल भएकी थिइन् । हाल कैलालीको टिकापुर बस्दै आएकी उनले यसअघि नेपाली, चौधरी, राना भाषाका गितहरुमा अभिनय गरेकी छन् ।





