यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गायक नरेन्द्रराज रेग्मी ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मानित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गायक नरेन्द्रराज रेग्मी ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मानित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसाहित्य

गायक नरेन्द्रराज रेग्मी ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मानित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ५, बुधबार १०:०७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । वरिष्ठ लोक देउडा गायक नरेन्द्रराज रेग्मी तेस्रो सुप इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८१ मा ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मानित भएका छन् ।

सोमबार सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा धनगढीमा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को फाइनल अवार्ड कार्यक्रममा वरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्र राज रेग्मीलाई नगद ११ हजार १ सय ११ सहित लाइफ टाइम एचिभमेन्ट सम्मान प्रदान गरिएको हो ।

गायक रेग्मीका देउडा क्षेत्रकै कालजयी गीत, ढुकु रान्चडी, चैर मुसी चैर, गैजाउँ कि धनगढीतिर, लाईहेल कालो टिको, ढुकढुक्या रेल, सीता बनवास र सेतीले बगायो लगायत दर्जनौं गीत कुनै समय निकै लोकप्रिय थिए।

नेपालको मौलिक कला संस्कृतिलाई बचाइराख्न यस्ता खालका अर्वाड कार्यक्रमहरूको ठूलो भूमिका रहने भएतापनि एक्लो प्रयासबाट मात्रै यस्ता अवार्ड कार्यक्रम गर्न खर्चिलो हुने हुँदा मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न राज्यले सहयोग गर्नुपर्ने सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले बताएका छन् ।

सोही अवसरमा भुवन दाहाल (दशक गायन सम्मान), संगिता शाह (दशक गायिका सम्मान), नर बहादुर शाह (निर्मल) (लाइभ देउडा सम्मान), दिपक उपाध्याय (समाजसेवी सम्मान), तिर्थ राज पन्त (युवा समाजसेवी सम्मान), भरत बिक्रम शाह (पर्यटन प्रर्बद्वन सम्मान), भुवन प्रकाश बडु र चन्द्र चौधरी (चाँद)लाई दशक कला सम्मानबाट सम्मानित गरिएको थियो ।

‘अग्रज लाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने मूल नाराकासाथ तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को ग्राण्ड फिनाले धनगढीको द रेसिडेन्सी ईन बैभव प्यालेस एण्ड रिसोर्टमा सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिं रावलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रामेश्वर चोधरी, सुदूरपश्चिमका प्रदेश सभा सदस्य रक्षा महरा, सिवसिं वली लगायतको आतिथ्यता रहेको थियो ।

अघिल्लो लेख रास्वपाको केन्द्रीय समिति बैठक आज पनि
अर्को लेख हार्दिक पान्ड्या टी–२० अलराउन्डर वरीयताको शीर्ष स्थानमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रियस्वास्थ्य-शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रव्यापी सदस्यता अभियान आजदेखि सुरु

२०८१ मंसिर १५, शनिबार २०:५८ गते
कैलालीस्वास्थ्य-शिक्षा

सेतीको मेसुमा फेरि डाक्टर पाण्डे

२०८१ कार्तिक २६, सोमबार ११:१९ गते
कैलाली

कैलालीका किसानलाई धान भित्र्याउने चटारो

२०८१ आश्विन २२, मंगलवार ०९:०५ गते
कैलाली

कैलारीमा अट्वारी पर्वमा दुई दिन बिदा

२०८१ भाद्र १८, मंगलवार १४:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?