यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुला दुर्घटना: तीन जना कर्मचारीको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुला दुर्घटना: तीन जना कर्मचारीको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुला

दार्चुला दुर्घटना: तीन जना कर्मचारीको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ३०, शुक्रबार ११:२२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

दार्चुलाः दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना कर्मचारीको मृत्यु भएको छ।

जिल्लाको मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालीन जात्राबाट फर्कने क्रममा जिप दुर्घटना हुँदा दुई भारतीयसहित आठ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय संजिव बोहरा, बिरेन्द्र बोहरा, शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० वर्षीया मिना लेखक तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम छन्।

मृतक ८ मध्ये एक जनाको सनाखत हुन बाँकी रहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए। जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको अवस्था गम्भीर रहेको डीएसपी दाहालले बताए। उनको टाउकोमा चोट लागेको छ।

जिपमा सवार शैल्यशिखर–५ लेकगाउँका सन्दिप रावल, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–५ का उत्तम रोकाया, भारत पिलभित मारुडण्डाका सोहिन शाह र ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल घाइते भएका छन्। घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिप दुर्घटनामा शैल्यशिखबर नगरपालिकामा कार्यरत अमिन बिरेन्द्रसिंह रावल, गोकुलेश्वर बहुमुखि क्याम्पसमा कार्यरत मिना लेखक र दिलीपसिंह विष्टको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टका अनुसार तीनै जना कर्मचारीको जिप दुर्घटनामा मृत्यु भएको छ।

घाइते पाँच जनामध्ये तीन जनाको हेलिकोप्टरबाट धनगढी पठाइएको छ भने थप दुई जनालाई पनि हेलिकप्टोलबाटै थप उपचारका लागि धनगढी पठाउने तयारी भइरहेको उनले बताए। दुर्घटना परेर गम्भीर घाइते भएका जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० बर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ बर्षीय उत्तम रोकाया र दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँकाका ८ बर्षीय सन्दीप रावललाई हेलिकोप्टरबाट उद्धार गरेर धनगढी पठाइसकिएको उनले बताए।

ट्याग गरिएको:featured
अघिल्लो लेख दार्चुला दुर्घटना घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो
अर्को लेख काठमाडौंको प्रदूषण सुधारिँदै, विश्वको आठौं स्थानमा झर्‍यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

दीपेन्द्रकाे अलराउन्ड प्रदर्शनमा अमेरिकामाथि नेपालकाे जित

२०८१ कार्तिक २, शुक्रबार १०:३४ गते
कैलालीसमसामयिक/राेचकसाहित्य

धनगढीमा तेस्रो ‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड’ सम्पन्न

२०८१ मंसिर ४, मंगलवार १९:४७ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

२०८१ आश्विन १, मंगलवार ०९:२८ गते
कैलाली

कैलालीमा एक महिला मृत फेला

२०८१ भाद्र ७, शुक्रबार १७:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?