यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा यौन सम्पर्कपछि युवतीको मृत्यु, १० महिनापछि दुई जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा यौन सम्पर्कपछि युवतीको मृत्यु, १० महिनापछि दुई जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा यौन सम्पर्कपछि युवतीको मृत्यु, १० महिनापछि दुई जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ६, आईतवार १८:२५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा एक वर्षअघि महिला मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत साल मंसिर ६ गते धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा डडेल्धुराको अमरगढी गाउँपालिका–२ की ३१ वर्षीया बीमा थापा मगर मृत भेटिएको घटनामा दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सञ्जीव चौधरी र ३० वर्षीय जनक देउवा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरु मध्ये चौधरी सीमावर्ती भारतीय बजार गौरीफन्टाबाट र देउवालाई धनगढीबाटै पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिएका छन् ।

एसपी विष्टका अनुसार २९ कात्तिक २०८० को राति जनक देउवाको घरमा उनीहरु दुई जनाले लागूऔषध सेवन गरेका थिए । उनीहरुले राति नै मृतक महिलालाई देउवाको घरमा बोलाएका थिए ।

उनीहरुले यौन सम्बन्ध राख्नुका साथै कुटपिट पनि गरेको पाइएको प्रहरीले जनाएको छ । बिहान उठ्दा महिला बेहोस अवस्थामा भेटिएपछि स्कुटरमा राखेर उनलाई सरस्वती सामुदायिक वनमा फालेका थिए । प्रहरीले गलिसकेको अवस्थामा थापाको शव भेटिएको थियो ।

मोबाइलबाट खुल्यो रहस्य

शव भेटेपछि प्रहरीलाई सनाखत गर्न गाह्रो भएको थियो । मृतककी साथीले लुगाका आधारमा चिनेपछि प्रहरी परिवारसम्म पुगेको थियो । उनको मृत्युको कारण पत्ता लगाउन पनि प्रहरीलाई समय लागेको थियो । प्रहरीले उनले प्रयोग गर्ने मोबाइल नम्बर पत्ता लगाएपछि सिमकार्डको आधारमा उक्त सीम प्रयोग भएको मोबाइलको आइएमइआई नम्बर पत्ता लगाएको थियो । उक्त मोवाइलमा सञ्जीव चौधरीले प्रयोग गरेको फेला पारेको थियो । चौधरीकी पत्नीबाट उक्त मोवाइल बरामद भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

सञ्जीव भारतमा बस्दै आएको पाएपछि प्रहरीले उनकी श्रीमतीमाथि निगरानी बढाएको थियो । शनिबार चौधरीकी श्रीमती पनि भारत गइरहेको सूचनाका आधारमा कैलाली प्रहरीको सादा पोशाकको टोलीले उनलाई पछ्याएको थियो । सोही क्रममा सीमावर्ती भारतीय बजारबाट चौधरीलाई पक्राउ गर्न सफल भएको एसपी विष्टले बताए ।

चौधरीले दिएको बयानका आधारमा देउवालाई समेत धनगढीबाट पक्राउ गरिएको हो । उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अमेरिकी राष्ट्रपति बाइडेनले भारतका प्रधानमन्त्री मोदीको नाम बिर्सिएपछि…
अर्को लेख धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

२०८१ श्रावण १६, बुधबार १५:४७ गते
कैलाली

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ

२०८१ चैत्र ३, आईतवार १५:०० गते
अन्तर्राष्ट्रियसमाचार

इजरायलको आक्रमणमा गाजामा थप ८१ जना मारिए

२०८२ भाद्र ५, बिहीबार १२:३४ गते
राष्ट्रिय

विपिन सकुशल घर फर्किने आशामा परिवार

२०८१ माघ ७, सोमबार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?