यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सार्वजनिक बिदामा ओपिडी चलाउने निर्णय फिर्ता लिन चिकित्सक संघको माग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सार्वजनिक बिदामा ओपिडी चलाउने निर्णय फिर्ता लिन चिकित्सक संघको माग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
स्वास्थ्य-शिक्षा

सार्वजनिक बिदामा ओपिडी चलाउने निर्णय फिर्ता लिन चिकित्सक संघको माग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १८, मंगलवार १९:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सार्वजनिक बिदाको दिनमा अस्पतालहरूमा ओपिडी सञ्चालन गर्ने निर्णय तत्काल फिर्ता लिन नेपाल चिकित्सक संघले माग गरेको छ।

स्वास्थ्यकर्मीको स्वास्थ्य र सेवा–सुविधालाई बेवास्ता गर्दै बिदामा ओपिडी चलाउने निर्णय अव्यावहारिक भएको भन्दै संघले निर्णय फिर्ता लिन माग गरेको हो।

सरकारी अस्पतालहरू ०४८ सालको दरबन्दीमा चलिरहेको अवस्थामा जनशक्तिमा सुधार नल्याई सार्वजनिक बिदामा समेत काम लगाउने निर्णय असान्दर्भिक भएको संघले जनाएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम गर्ने अवधि सातामा ४० घण्टा तोकेको भए नेपालमा स्वास्थ्यकर्मीहरू लगातार २४ देखि ७३ घण्टा काम गर्न बाध्य रहेको अवस्थामा स्वास्थ्य मन्त्रालयको निर्देशन अव्यावहारिक रहेको संघले औँल्याएको छ।

संसारभर नै स्वास्थ्यकर्मी र चिकित्सकलाई हप्तामा कम्तीमा दुई दिन बिदा दिने चलन छ। अतिआवश्यक सेवाजस्तै इमर्जेन्सी, बिरामीको ज्यान जोगाउनुपर्ने आपतकालीन सेवाहरू नियमित सञ्चालनमै रहेकाले चाडपर्वमा पर्ने सार्वजनिक बिदामा ओपिडी चलाउने निर्णय सस्तो लोकप्रियताको लागि गरिएको संघका अध्यक्ष डा. अनिल काकीले बताए। उनले भने, ‘सीमित जनशक्तिले दोब्बर काम गर्नुपरिरहेको छ। सेवा-सुविधा उस्तै, तर डबल सिफ्टमा काम गर्नुपर्ने भन्दै कामको चाप बढाउँदै लगिएको छ।’

हरेक स्वास्थ्य संकटमा दिनरात वा बिदा नभनी स्वास्थ्यकर्मी खटिइरहेका भन्दै उनले स्वास्थ्यकर्मीलाई जति भारी बोकाए पनि हुन्छ भन्ने हेपाहा मनस्थिति देखिएको बताए।

२४सै घण्टा अस्पतालहरूमा काम गर्दा परिवारसँग चाडपर्वमा समय बिताउन नपाउने र अन्य व्यक्तिगत काम गर्ने समयमा पनि बिदामा ओपिडी चलाउने निर्णयले स्वास्थ्यकर्मीको शारीरिक, मानसिक स्वास्थ्यमा जोखिम निम्त्याउने डा. कार्कीले बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ७ मा सार्वजनिक बिदामा सबै अस्पतालहरूमा ओपिडी सेवा सञ्चालनमा ल्याउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।

सोही पत्रको आधारमा स्वास्थ्य मन्त्रालयले भदौ १७ मा स्वास्थ्य संस्थालाई ओपिड सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो।

अघिल्लो लेख आज जस्तै भोली जवानी कहाँ छ ?
अर्को लेख नेपाल प्रहरीका पाँच सय ८७ इन्स्पेक्टरको सरुवा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

२३औं दिनमा शिक्षक आन्दोलन, नाराबाजी छाडेर रक्तदान

२०८२ बैशाख ११, बिहीबार १२:२३ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

२०८१ कार्तिक ४, आईतवार १७:३१ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यसमाचारस्वास्थ्य-शिक्षा

यसरी हेर्नुहोस् एसईईको नतिजा | Nagarik News

२०८१ असार १४, शुक्रबार १५:५० गते
स्वास्थ्य-शिक्षा

एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि

२०८१ श्रावण २३, बुधबार ०९:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?