यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘गिद्धका संख्यामा कमी आउँदा हैजाका बिरामी बढे’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘गिद्धका संख्यामा कमी आउँदा हैजाका बिरामी बढे’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

‘गिद्धका संख्यामा कमी आउँदा हैजाका बिरामी बढे’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १७, सोमबार १२:४२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ।

सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना गरेको हो ।

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले प्रकृतिका कुचिकार गिद्ध जोगाउनका लागि बासस्थान जोगाउन आवश्यक रहेको बताए।

गिद्ध बस्ने अग्ला सिमल, सखुवालगायत रुख मासिँदै गएपछि गिद्धको सङ्ख्यामा निकै कमी आएको बताए। ‘दशकअघि गिद्ध सहजै देखिने गरेका थिए’, उनले भने, ‘हाल गिद्ध देख्नै दुर्लभ भएको छ।’ वासस्थानको सुरक्षासँगै जनावरमा प्रयोग हुने घातक विषादीको प्रयोगमा कमी ल्याउनुपर्ने उनको भनाइ थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले गिद्धको सङ्ख्यामा कमी आउँदा हैजा, टाइफाइड, आउ, झाडापखालालगायत रोगको देखियो बताए।

पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिमा प्रतिबन्ध लगाइए पनि अन्य गिद्धका लागि घातक मानिएका औषधिको प्रयोग नरोकिँदा चुनौती थपिँदै गएको उनले बताए।

चरा विज्ञ हिरुलाल डगौराले अव्यवस्थित विद्युतीय तारमा परेर गिद्धको मृत्यु हुने गरेको पाइएकाले नगरपालिकाले अव्यवस्थित विद्युतका तार व्यवस्थित गर्न अग्रसर हुनुपर्ने र अन्तरदेशीय कानुनी अड्चनका कारण समयमै घाइते गिद्धको उद्धार हुन नसक्दा मृत्यु हुने गरेको उल्लेख गरे। आधुनिक कृषि प्रणालीको विकास र मृत पशुचौपाया गाड्ने चलनले गिद्धलाई खानाको अभाव हुँदै आएको उनको भनाइ छ।

नब्बेको दशकमा ९५ प्रतिशतसम्म घटेका गिद्धको सङ्ख्या जनचेतनाको प्रभावका कारण बढ्दै गएको छ। उनले भने, ‘हराउँदै गएका गिद्ध पुनः देखिन थालेका छन्, गिद्ध जोगाउन युवाले अग्रसर भएर समुदायमा सचेतना छर्नुपर्ने भएको छ।’

चरा विज्ञ हिरुलाल डगौराका अनुसार नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन्। जसमा डङ्गर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राज गिद्ध छन्। बेलौरी नगर युवा सञ्जालका अध्यक्ष विष्णुदत्त अवस्थीले गिद्धबारे आयोजना गरिएको कार्यक्रमबाट गिद्धको विगत र वर्तमान अवस्थाका बारेमा जानकारी पाएर सचेत भएको बताए।

‘गिद्धले वातावरण सन्तुलन गर्ने कार्यमा अहम् भूमिका खेल्ने गरेको जानकारी पायौँ’, उनले भने, ‘संरक्षणका लागि अग्रसर भएर लाग्ने प्रतिबद्धता गर्दछौँ।’ प्रत्येक वर्षको सेप्टेम्बर पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने गरिन्छ। आफ्नै योजना तथा अनुकूलताअनुसार यो दिवस नेपालमा सप्ताहव्यायी रूपमा सेप्टेम्बर १ देखि ७ सेप्टेम्बरसम्म मनाइँदै छ। – रासस

अघिल्लो लेख डडेल्धुरामा एक पुरुष मृत फेला
अर्को लेख सहमति नपाउँदा बनेन पञ्चेश्वरस्थित महाकाली नदीमा पुल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरबझाङ

बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता

२०८१ भाद्र २६, बुधबार १३:५० गते
कञ्चनपुर

शृङ्गार व्यवसायबाट मनग्य आम्दानी

२०८१ कार्तिक ५, सोमबार १२:५१ गते
कञ्चनपुरकैलालीराष्ट्रियसमाचारसाहित्य

धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा

२०८१ असार २९, शनिबार १८:४९ गते
कञ्चनपुर

कञ्चनपुरबाट चेक अनादर मुद्दाका फरार एक जना पक्राउ

२०८१ पुष १०, बुधबार १२:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?