यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २०, आईतवार १३:१८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ ।

व्यक्ति विशेष, मुक्त कमैया, बाढीपीडित, सुकुम्बासी, पहिरोपीडितका नाममा तथा संस्थागत रूपमा वन क्षेत्र अतिक्रमण हुन थालेपछि वनको क्षेत्रफल घट्दै जान थालेको हो ।

बढ्दो वन अतिक्रणसँगै विभिन्न नाममा बर्सेनि कैलालीको वनको क्षेत्र घट्दै जान थालेपछि तराईमा बाढी र डुबानको खतरा बढ्दै गएको छ । कैलालीका १३ स्थानीय तहका विभिन्न स्थानमा वन अतिक्रमणगरी घरटहरा निर्माण भइरहे पनि डिभिजन वन कार्यालयले अतिक्रमण हटाउन चासो दिएको छैन ।

हरेक वर्ष जिल्लामा भइरहको अतिक्रमण हटाउन कार्ययोजना बनाएर बजेट विनियोजन गरिए पनि सो काम अघि बढ्न नसकेकामा संरक्षणर्मीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

जिल्लाका गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाको फूलबारी, कैलारी गाउँपालिकाको वसन्ता वनक्षेत्र, भजनी नगरपालिकालगायतका क्षेत्रमा वन अतिक्रमण गरी घरटहरा निर्माण गर्ने क्रम बढ्दै गएको जनाइएको छ ।

कैलालीमा सबैभन्दा बढी वसन्ता वनक्षेत्र बाढीपीडितका नाममा अतिक्रमणको चपेटामा परेको छ । वसन्ता क्षेत्रमा बाढीपीडितका नाममा हुलाकी मार्ग किनारमा वन अतिक्रमण गरी घरटहरा निर्माण गरिएका छन् ।

वन अतिक्रमणले वसन्ता जैविकमार्गको ‘कनेक्टीभिटी’ जोखिममा पर्नुका साथै वन क्षेत्र खण्डित भइरहेकाले वन्यजन्तुको बासस्थान विनाश भइरहेको, अवैध चोरी निकासी–तस्करी र शिकारलगायतका क्रियाकलापले वन संरक्षणमा चुनौती थपिएको डिभिजन वन कार्यालय धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताए ।

उनले वन अतिक्रमण हटाउन वन कार्यालयको एक्लो प्रयासले मात्र सम्भव नभएकाले राजनीतिक दलहरुको प्रतिबद्धतासहित सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताएका छन् ।

कैलालीमा कूल क्षेत्रफलको दुई लाख पाँच हजार नौ सय ३९ हेक्टर वन रहेको छ । तराई र भावर क्षेत्रमा एक हजार नौ सय ३१ वर्गकिलोमिटर तथा चुरे क्षेत्रमा एक हजार तीन सय तीन दशमलव सात वर्ग किलोमिटर वन रहेको तथ्याङ्क छ ।

सुदूरपश्चिममा सबैभन्दा बढी वनक्षेत्र कैलाली र कञ्चनपुरमा छ । वन विनाश र अतिक्रमणको समस्या पनि अन्य जिल्लाको तुलनामा यी दुई जिल्लामा बढी रहेको तथ्याङ्कले देखाएको छ ।

कैलालीमा हालसम्म २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमण भएको अनुमान गरिएको छ । सरकारी तथ्याङ्कले भने २१ हजारभन्दा बढी वन अतिक्रमण भएको देखाउँछ । तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलालीको वन क्षेत्र अतिक्रमण भएको देखाएको छ ।

कैलालीमा बढ्दो सहरीकरण, प्रदेशको राजधानी, स्वास्थ्य, शिक्षा, यातायातलगायत सुविधाका कारण पहाडबाट बसाइँ सर्ने दर अत्यधिक छ । बसाइँ सरेर आएका अधिकांशले विभिन्न बहानामा वन अतिक्रमण गरी घरटहरा निर्माण गर्ने गरेको वन प्राविधिकको भनाइ छ ।

कैलालीमा निर्माणाधीन स्थानीय, राष्ट्रिय र प्रदेश गौरवका आयोजनाका कारण वन मासिने क्रम बढ्दै गएको छ । दिनानुदिन भएको वनक्षेत्र मासिँदै जाने, संरक्षणमा ध्यान नदिने हो भने भविष्यमा यसको असर गम्भीर देखिने खतरा बढेको वन संरक्षणकर्मी हेम विष्टको भनाइ छ ।

यसैगरी डिभिजन वन कार्यालय पहलमानपुरले गत आर्थिक वर्षको असारमा भजनी नगरपालिकाका वडा नंं ३, ५, ७ र ९ का बाढीले विस्थापित भएर भजनी बजारछेउमा रहेको जङ्गल क्षेत्रमा बस्दै आएका झण्डै सात सय टहरा डोजर लगाएर हटाएको जनाएको छ । रासस

अघिल्लो लेख सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहको दाबी पेस
अर्को लेख साढे ८ किलो गाँजासहित एक युवती पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

रुवस होटेलका सञ्चालक भट्टलाई पितृ शोक

२०८१ माघ ३, बिहीबार १०:४५ गते
कैलालीसमाचार

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८२ भाद्र ८, आईतवार १३:५९ गते
कैलाली

धनगढीमा बृहत रक्तदान महोत्सव गरिँदै

२०८१ श्रावण १७, बिहीबार १८:१९ गते
कैलाली

गेटामा चिकित्सा शिक्षा अध्यापनको माग गर्दै विमानस्थल गेटमा बोर्ड टाँसियो

२०८१ भाद्र २७, बिहीबार १७:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?