धनगढी – कञ्चनपुरमा एक वर्षको अवधिमा एक सय ८८ जुवाडे पक्राउ छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक वर्षको अवधिमा जुवा खेल्ने र खेलाउने गरेर एक सय ८८ जनालाई जुवाखालबाटै पक्राउ गरेको हो ।
उक्त जुवाडेबाट झण्डै १३ लाख रुपैयाँसमेत जफत गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताएका छन्।





