काठमाण्डौं –आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अहिले बाग्मती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । दिउँसो कोशी र मधेस प्रदेशका एक–दुई ठाउँमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको थियो ।





