यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिङ्गो गाउँ नै तरकारी खेतीमा, वार्षिक भित्रिन्छ ८० लाख
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिङ्गो गाउँ नै तरकारी खेतीमा, वार्षिक भित्रिन्छ ८० लाख
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सिङ्गो गाउँ नै तरकारी खेतीमा, वार्षिक भित्रिन्छ ८० लाख

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १, बिहीबार १२:३५ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका छन्।

विसं २०७५ देखि तरकारी खेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन्।

यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन्।

सुरुमा गाउँका अगुवा किसान कृष्णलाल कँडेलले थालेको तरकारी खेतीमा अहिले गाउँभरि बिस्तार भएको छ। कँडेलले विसं २०६९ देखि नै फाटफुट तरकारी खेती गर्न थालेको थियो।

छ वर्षपछि सरकारी कृषि ज्ञान केन्द्रसहित विभिन्न सरकारी निकायले अनुदान दिन थालेपछि स्थानीय व्यावसायिक तरकारी खेती गर्न थालेका थिए। बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने गाउँमा फलेका तरकारी बजार पुर्‍याउन त्यति समस्या छैन। नजिकै बुर्तिबाङ बजार हुँदा बिक्रीका लागि टाढा धाउनु पर्दैन।

गाउँमा तरकारी खेती गर्न थालेपछि न्यून आय भएका परिवारको पनि आर्थिक अवस्था सुधार हुँदै गएको स्थानीय अगुवा किसान कृष्णलाल कँडेलले बताए। १२ वर्षअगाडि आफूले गाउँमा टनेलभित्र तरकारी खेतीको सुरुआत गरेपछि अहिले सिङ्गो गाउँ नै यसमा लागेको उनको भनाइ छ। तरकारी खेतीमा आबद्ध किसानले वार्षिक न्यूनतम दुई लाखदेखि सात लाखसम्म आम्दानी गर्दै आएका कँडेल बताउँछन्। यस वर्ष ढोरपाटन–५ मा मात्रै तरकारी बेचेर ८० लाख भित्रिएको उनले जानकारी दिए।

‘गरे के नहुने रैछ र ?, मैले तरकारी खेती सुरु गर्दा गाउँलेले तरकारी पनि बिक्री हुन्छ भन्दै गिज्याउँथे, अहिले गाउँमा टनेलमा तरकारी खेती नगर्ने कोही छैन, तरकारीबाट आम्दानी राम्रो हुन थालेपछि पहिले हुँदा खानेहरु अहिले हुने खाने भए’, उनले भने, ‘पोहोर परार साल वार्षिक ५० लाखको तरकारी बिक्री हुन्थ्यो, यस वर्ष थप ३० लाख बढीको खायन आलुसमेत बिक्री गर्‍यौँ।’

बारीमा काम गर्न थालेपछि धेरै युवा विदेश जानबाट रोकिएका छन्। जिल्लाको अन्य गाउँमा युवा विदेश पलायन हुँदा ढोरपाटनमा भने गाउँ जनशक्तिको अभाव छैन। व्यवसायिक तरकारी खेतीले गाउँलेको जीवनशैली नै बदलिएको स्थानीय किसान विष्णुकुमारी घर्तीले बताए। बजारमा तरकारीको भाउमा एक रुपता नहुँदा कहिलेकाहीँ मूल्य नपाउने उनको भनाइ छ।

तरकारी खेतीबाटै घर खर्च चलाउने र छोराछोरी पढाउने गरेको घर्ती बताउँछन्। उनले भने, ‘तरकारी खेतीबाट आत्मसन्तुष्टि मिलेको छ, पहिले एक मुरी धान फल्ने खेतमा अहिले लाखौँको तरकारी फल्छ, मैले मात्रै होइन गाउँका धेरैले यो पेसा अङ्गालेका छन्, तरकारीमा रोग लागेन भने वर्षमा दुई÷चार लाख रुपैयाँ कमाउन समस्या छैन।’

तरकारी खेतीतर्फ किसानलाई आर्षित गर्न कृषि ज्ञान केन्द्र बागलुङले पनि सहयोग गर्दै आएको छ। यस क्षेत्रमा तरकारी खेती र खायन आलु उत्पादनका लागि करिब ८० लाख लगानी गरेको केन्द्रका सूचना अधिकारी कुमार पुनले जानकारी दिए। किसानलाई आवश्यक अनुदानसहित प्राविधिक सहयोग र उपकरणसमेत उपलब्ध गराउँदै आएको उनले बताए। थाहाखबरबाट

अघिल्लो लेख चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण
अर्को लेख टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०८१ श्रावण ३१, बिहीबार १५:४५ गते
राष्ट्रिय

पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना

२०८२ बैशाख २०, शनिबार १२:०४ गते
राष्ट्रिय

काठमाण्डौंमा आज पनि वायु प्रदूषण उच्च : विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा

२०८१ चैत्र २४, आईतवार ०९:४३ गते
राष्ट्रियसमाचार

एमाले प्रदर्शन र एनपिएल लक्षित सुरक्षा नीति– ३ हजार प्रहरी सडकमा, उपत्यकाका गण–गुल्म स्ट्याण्डबाइ

२०८२ मंसिर ६, शनिबार १०:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?