धनगढी कैलालीको गोदावरीमा यौनजन्य अपराधका २३ वटा निवेदन दर्ता भएका छन्।
पीडितले इलाका प्रहरी कार्यालय मालाखेतीमा यौन अपराधका २३ वटा निवेदन दर्ता गरेका हुन्।
आर्थिक वर्ष २०८०/८१ मा जबरजस्ती करणीमा १६ र जबरजस्ती करणी उद्योगमा ७ गरेर २३ वटा उजूरी इलाका प्रहरी कार्यालय मालाखेतीमा दर्ता भएको प्रहरी प्रमुख गंगाबहादुर थापाले बताए।
बाल यौन दुरुपयोगका थप २ उजुरी दर्ता भएको उनले बताए। सबैभन्दा बढी जबरजस्ती करणीका उजुरी दर्ता भएको उनले बताए।
यस्ता उजुरीहरु दर्ता गरेर पीडकलाई कानुनी दायरामा ल्याउने काम भएको प्रहरीले जनाएको छ।





