यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १२ बुधबार
2026, Oct 28, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १२ बुधबार
2026, Oct 28, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ कार्तिक १२, बुधबार १४:१३ गते
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘गाउँपालिका क्यान्डिडेड क्लब’ मा गण्डकीका जिल्लाहरूमा रहेका गाउँपालिकाको अध्यक्ष हुन इच्छा राखेर आवेदन दिनेहरूको संख्या हालसम्म १९७ जना रहेको छ ।

Contents
सम्बन्धित खबरगण्डकीको बजेटमा गडबडी : उद्योग–पर्यटनमा हुनुपर्ने ९२ करोड, आयो २ अर्बगण्डकीले ल्यायो ३३ अर्बको बजेट (

रास्वपाले भदौ १ गतेदेखि गाउँपालिकामा उम्मेदवार हुन इच्छुकका लागि अनलाइन आवेदन सुरु गरेको थियो । यस अवधिभित्र मुस्ताङ र मनाङका गाउँपालिकाबाट उम्मेदवारको आकांक्षा राखेर निवेदन दिनेहरू छैनन् । मुस्ताङमा ५ र मनाङमा ४ गाउँपालिका छ ।

म्याग्दीका दुई गाउँपालिका पनि अध्यक्षको उम्मेदवार हुन इच्छा राखेर हालसम्म निवेदन परेको छ । गण्डकीका रास्वपा सभापति नविन त्रिपाठीले मनाङ र मुस्ताङमा संगठन निर्माणकै क्रममा पार्टी रहेको र ती जिल्लाबाट आकांक्षी हालसम्म नदेखिएको जानकारी गराए ।

रास्वपाबाट गाउँपालिका अध्यक्ष हुन इच्छा राखेर निवेदन दिनेहरूमा गोरखाबाट ४१, स्याङ्जाका ३२, कास्कीका ३१, तनहुँ २३, पर्वत २३, बागलुङ १६, नवलपुरमा १४, लमजुङ ११ र म्याग्दी ६ जना छन् ।

गण्डकीमा कुल ५८ गाउँपालिका  रहेकोमा एउटै सबैभन्दा गाउँपालिका बढी हुने गोरखाबाट अध्यक्ष पदमा आकांक्षीको संख्या बढी देखिएको छ । ९ गाउँपालिका रहेको गोरखाबाट  अजिरकोटमा ९, भिमसेनथापामा ४, बारपाक सुलिकोटमा ५, चुमनुव्रीमा १, धार्चेमा १, गण्डकीमा ७, शहीद लखनमा ७ र सिरानचोक गाउँपालिकामा ७ जनाले अध्यक्ष उम्मेदवार हुने आकांक्षा राखेका छन् ।

६ गाउँपालिका रहेको बागलुङमा अध्यक्ष पदका लागि १६ जनाले इच्छा देखाएका छन् । बडिगाडमा ३, बरेङमा २, काठेखोलामा ४, निसीखोलामा ४, तमानखोलामा २ र ताराखोलामा १ जनाले अध्यक्ष पदका लागि आकांक्षा देखाएका छन् ।

६ गाउँपालिका रहेको स्याङ्जामा ३२ जनाले अध्यक्ष पदको उम्मेदवार हुने इच्छा सहित अनलाइन आवेदन दिएका छन् । स्याङ्जाका गाउँपालिकामध्ये आँधीखोलामा सबैभन्दा बढी १० जनाले अध्यक्षको उम्मेदवारका आकांक्षी देखिएका छन् ।  अर्जुनचौपारीमा ६, बिरुवामा २, हरिनासमा ५, कालीगण्डकीमा ३ र फेदीखोलामा ६ जनाले रास्वपाबाट अध्यक्षको उम्मेदवार हुने आकांक्षा राखेका छन् ।

६ वटा गाउँपालिकाा रहेको तनहुँमा आँबुखैरेनीमा २, बन्दीपुरमा ६, देवघाटमा ४, घिरिङमा ६, म्याग्देमा ४ र ऋषिङमा १ जनाले अध्यक्ष पदको आकांक्षा राखेर आवेदन दिएका छन् । तनहुँका ६ गाउँपालिकामा अध्यक्षको उम्मेदवार हुन चाहनेको संख्या २३ जना रहेको छ ।

५ पालिका रहेको पर्वतमा विहादीमा ७, जलजलामा ३, महाशिलाबाट २, मोदीबाट ६ र पैयूंमा ५ जनाले अध्यक्षको उम्मेदवार हुने चाहना राखेर अनलाइन आवेदन दिएका छन् । गाउँपालिका अध्यक्ष हुन इच्छुकको संख्या पर्वतमा हालसम्म २३ जना छन् ।

पाँच गाउँपालिका रहेको म्याग्दीमा ३ पालिकाबाट अध्यक्ष हुने आकांक्षीले आवेदन दिएका छन् । धवलागिरीमा २, मंगलामा २ र रघुगङ्गामा २ जना गरी कूल छ जनाले हालसम्म अध्यक्ष पदमा आकांक्षी देखिएका छन् । अन्नपूर्ण र मालिका गाउँपालिकामा हालसम्म कसैले इच्छा देखाएका छैनन् ।

 चार गाउँपालिका रहेको कास्कीबाट हालसम्म अध्यक्ष पदको उम्मेदवारको इच्छा राख्नेहरूको संख्या ३१ जना रहेको छ । चार गाउँपालिकामा अन्नपूर्णबाट ८, माछापुच्छ्रेमा ९, मादीमा १२ र रुपा गाउँपालिकामा २ जनाले पालिका अध्यक्षको उम्मेदवार हुने इच्छा देखाएका छन् ।

चार गाउँपालिका रहेको अर्को गण्डकीको जिल्ला लमजुङबाट दोर्दीमा २, दूधपोखरीमा ५, क्व्होलासोथारमा १ र मर्स्याङ्दीमा ३ गरी ११ जनाले इच्छा राखेका छन् ।

नवलपुर जिल्लामा बौदीकालीबाट २, बुलिङटारबाट ४, हुप्सेकोटबाट ८ जनाले गाउँपालिका अध्यक्ष उम्मेदवार हुने आकांक्षा राखेका छन् ।

रास्वपाले भदौ १ गतेबाट गाउँपालिका र असोज २९ गतेबाट नगरपालिकाको जनप्रतिनिधि हुन इच्छुकका लागि आवेदन खुला गरेको थियो । रास्वपा नेताहरूका अनुसार प्रमुख पदमा आकांक्षीहरू उल्लेख्य देखिएपनि सदस्य पदमा न्यून आवेदन परेको छ । ‘अध्यक्षको तुलनामा उपाध्यक्षमा आवेदन कम छ । सदस्यहरू त्यसभन्दा पनि कम आवेदन परेको छ,’ गण्डकी सभापति त्रिपाठीले भने,‘आवेदनका लागि समय छँदैछ । ल्याट्ररल इन्ट्रीका लागि प्रतिक्षा गर्नेहरू पनि हुनुहुन्छ ।’

रास्वपाले उम्मेदवारको आवेदनको समय सीमा भने हालसम्म तोकेको छैन ।

सम्बन्धित खबर

गण्डकीको बजेटमा गडबडी : उद्योग–पर्यटनमा हुनुपर्ने ९२ करोड, आयो २ अर्ब

गण्डकीले ल्यायो ३३ अर्बको बजेट (

ट्याग गरिएको:featured
अघिल्लो लेख कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी
  • कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
  • दु:खी बन्दै पाकिस्तान फर्किए साहिब्जादा फरहान, हुसेन तलात नेपालमै
  • दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

प्रहरी नायव महानिरीक्षकमा आठजनाको बढुवा सिफारिस (सूचीसहित)

२०८१ मंसिर १०, सोमबार ०८:१८ गते
राजनीति

भारतीय सेनाध्यक्ष द्विवेदी आज आउँदै

२०८१ मंसिर ५, बुधबार ०८:४८ गते
राष्ट्रिय

काठ आयातमा वर्षेनि अर्बौँ रुपैयाँ बाहिरिँदै

२०८१ चैत्र ४, सोमबार १०:५६ गते
अन्तर्राष्ट्रियसमाचार

अमेरिकाको टेक्सासमा बाढीका कारण ज्यान जानेको सङ्ख्या ७८ पुग्यो

२०८२ असार २३, सोमबार १०:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?