यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र २, सोमबार ११:१६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

तर ‘संघर्षको राजनीति’ जारी राख्ने उनको भनाइ छ ।

‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’

उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’

सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो ।

त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थिए । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, २०८२ फागुन २१ के निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन ।

सप्तरी २ बाट चुनावमा प्रतिस्पर्धा गरेका अध्यक्ष राउत रास्वपाका रामजी यादवसँग पराजित भए । जनमत पार्टीका प्रत्यक्षतर्फका अन्य उम्मेदवारले पनि चुनाव जितेनन् । समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटेन ।

अध्यक्ष राउतले अब संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार गर्नमा लाग्ने बताएका छन् । उनले लेखेका छन्, ‘जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध छु ।’

आफू सदैव जनताहरूको बीचमा नै रहने, हरेक मोर्चा र संघर्षमा खडा हुने, अधिकार र पहिचानको लडाईंमा सदैव भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन् ।

इच्छा विपरीत पार्टी अध्यक्ष बनेको जिकिर

जनमत पार्टीको अध्यक्ष पनि अरुले नमानेपछि आफैँ बन्नुपरेको बाध्यता उनले उल्लेख गरेका छन् ।

सरकारले बिलकुलै कुनै काम गर्न नदिएपछि र जनतामा जान पूर्णतस् रोक लगाए पछि पार्टी खोल्नुपर्यो भनेर अगाडि बढेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘सो पार्टीको अध्यक्ष बन्नका लागि नरेन्द्र प्रसाद चौधरीज्यू सहितका साथीहरूलाई जनकपुरमा बोलाएर पटक–पटक कन्भिन्स गरें । उहाँहरूले नमानेपछि म आफैं जनमत पार्टीको अध्यक्ष बन्नु परेको थियो ।’

व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको पनि उनले दाबी गरेका छन् । २०७९ को चुनाव जितेका उनी यसपटक भने पराजित भएका छन् ।

अघिल्लो लेख यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
अर्को लेख कञ्चनपुरमा स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता

२०८२ श्रावण ७, बुधबार १०:२८ गते
बैतडीसमाचार

बैतडीका गणेशको टाउको भित्तामा ठोकेर हत्या गरेको भन्दै किटानी दर्ता

२०८२ बैशाख ३१, बुधबार ११:४७ गते
अर्थ-वाणिज्य

सुनको भाउ १ सय रुपैयाँले बढ्यो

२०८१ फाल्गुन २५, आईतवार १३:१८ गते
राजनीति

पूर्व मन्त्री पदम राईको निधन

२०८१ मंसिर ९, आईतवार ०८:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?