यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेमौसमी वर्षाका कारण यो वर्ष धानसहित अन्य बालीको उत्पादनमा कमी आउने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेमौसमी वर्षाका कारण यो वर्ष धानसहित अन्य बालीको उत्पादनमा कमी आउने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

बेमौसमी वर्षाका कारण यो वर्ष धानसहित अन्य बालीको उत्पादनमा कमी आउने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १७, बुधबार १०:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –यस वर्ष विभिन्न समयको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति पुग्दा धानसहित अन्य बालीको उत्पादनमा कमी आउने भएको छ ।

बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानीको तथ्याङ्क / विवरण सङ्कलन तथा विश्लेषणको लागि गठन भएको समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हालै प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनअनुसार बेमौसमी वर्षाबाट मुख्यगरी प्रभावित पाँच वटा प्रदेशमा प्रभावित कूल क्षेत्रफल १५ हजार ४ सय ९९ हेक्टरमा विभिन्न कृषि उत्पादन प्रमुख बाली धानसहित उखु, तरकारी र फलफूलको उत्पादनमा एक लाख २७ हजार ३ सय ८३ मेट्रिक टन घटी हुने अनुमान छ ।

झन्डै तीन अर्ब ५४ करोड ६१ लाख चार हजारको आर्थिक क्षति पुर्याएको अनुमान गरिएको छ । जसमा मधेश प्रदेशमा सबैभन्दा बढी तीन अर्ब २२ करोड ४७ लाख १९ हजारको आर्थिक नोक्सानी भएको देखिन्छ ।

क्षतिका हिसाबले मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको हो । मधेश प्रदेशको आठ वटै जिल्लामा धानबालीमा क्षति भएको छ भने तरकारी, फलफूल, उखु र पशुधन पनि प्रभावित भएका छन् । कोशी प्रदेशमा ३६ करोड ८३ लाख ८९ हजार बराबरको क्षति भएको छ । जसमा धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदोबाली मुख्य छन् ।

बागमतीमा दुई करोड चार लाख ५४ हजार, गण्डकीमा १२ लाख ८० हजार र लुम्बिनीमा १ करोड ५६ लाख १४ हजारको क्षति भएको समितिका संयोजक तथा कृषि मन्त्रालयका सहसचिव जगनाथ तिवारीले जानकारी दिए । समितिले बाढी पहिरोबाट प्रभावित साना किसानको उत्थानका लागि पशुपन्छीपालन पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्ने सुझाव पनि दिएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै
अर्को लेख विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्री पुनको चेतावनी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी खेल्दै

२०८२ मंसिर २७, शनिबार ०७:४९ गते
राजनीतिसमाचार

दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त

२०८२ पुष २१, सोमबार ११:१७ गते
समाचारस्वास्थ्य-शिक्षा

सरकारी सरह भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

२०८२ बैशाख १९, शुक्रबार १३:२२ गते
खेलकुद

अर्जेन्टिना विश्वकपका लागि छनोट : चीनलाई हराउँदै जापान छनोट नजिक

२०८१ मंसिर ५, बुधबार ०८:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?