धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा मंसिर १४ गते आइतबारदेखि वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु हुने भएको छ।
प्रतियोगिता मंसिर १४ गते देखि मंसिर २० गते सम्म चल्नेछ।
वडा स्तरको खेलकुद कार्यक्रममा पुरुष र महिला दुवै तर्फ गरी जम्मा चार खेलहरू समावेश गरिएको छ।
पुरुषतर्फ, फुटबल र भलिबल तथा महिलातर्फ: कबड्डी र डोरी तान खेल रहेको खेलकुद सञ्चालन समितिका अध्यक्ष बिनोद धानुकले बताएका छन्।
सहभागी हुने समूहले भोलि ३ बजेसम्म टिम दर्ता गराउनुपर्नेछ भने, दर्ता नि:शुल्क रहेको छ।
खेलमा प्रथम हुने समूहलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुने समूहलाई नगद ३ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।
यस्तै खेलमा कुनै पनि किसिमको विवाद आएमा अन्तिम निर्णय समितिको हुने र मदिरा तथा नसालु पदार्थ सेवन गरी खेल्न पूर्ण रूपमा निषेध गरिएको छ।





