यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १७ बिहीबार
2026, Apr 30, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डिभोर्सी शिक्षा निरीक्षकले बिहेका लागि धम्की दिँदा शिक्षिका खड्काले रोजिन मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १७ बिहीबार
2026, Apr 30, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डिभोर्सी शिक्षा निरीक्षकले बिहेका लागि धम्की दिँदा शिक्षिका खड्काले रोजिन मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

डिभोर्सी शिक्षा निरीक्षकले बिहेका लागि धम्की दिँदा शिक्षिका खड्काले रोजिन मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १२, बुधबार १६:१० गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलाली बहुमुखी क्याम्पसको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा अध्ययनरत जानकीकुमारी खड्काले बिहेको धम्की सहन नसकेर आत्महत्या गरेको तथ्य सार्वजनिक भएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका(१ घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काको सुसाइड नोटबाट सो कुराको खुलासा भएको हो।

शिक्षिका खड्कालाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत विद्यालय निरीक्षक गणेशबहादुर रावल रहेको खड्काले मृत्युपत्रमा उल्लेख गरेकी छन्। विद्यालय निरीक्षक रावलले विवाहका लागि दबाब दिएको पत्रमा उल्लेख छ। विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले खड्काका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्क्याएका थिए।

रावलको निरन्तरको धम्कीपछि खड्काले १० कात्तिकमा घरभन्दा ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन्। रावलविरुद्ध मृतक खड्काका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन्। जोहेरीपश्चात् प्रहरीले ११ कात्तिकमा रावललाई पक्राउ गरिसकेको छ।

‘हामीले प्रतिवादी रावललाई आज अदालतमा पेस गरेका छौँ। जाहेरी दिनासाथ पक्राउ परेका हुन्। अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान हुनेछ,’ जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र जोशीले दिनेशखरसँग भने। पक्राउ परेका रावल डिभोर्सी पुरूष भएको प्रहरीले बताएको छ। उनका दुई सन्तान रहे पनि उनीहरू आमासँगै बसिरहेका छन्।

रावलले फोन गर्दै मृतक खड्का र उनको परिवारलाई बिहेका लागि दाबाब दिने गरेको मृत्यु पत्रमा उल्लेख गरिएको छ। निरन्तरको दबाब झेल्न नसकेर आफूले मृत्युको बाटो रोज्नु परेको खड्काले पत्रमा लेखेकी छन्।

पढ्नमा मेधावी थिइन् खड्का

कक्षा एकदेखि नै विद्यालय प्रथम हुँदै आएकी खड्काले दुई वर्ष अगाडि मात्रै निम्न माद्यमिक तहको गणित शिक्षकमा सिफारिस भएकी थिइन्। पढ्नमा जेहेन्दार उनले कैलाली बहुमुखी क्याम्पसबाट गणित विषयमा स्नातक गरेर स्नातकोत्तर तहको चौथो सेमेस्टरमा थिइन्।

नेपाल सरकारको अफिसरमा नाम निकाल्ने सपना अधुरै छोडेर मृत्युको बाटो रोज्नु परेको खड्काले मृत्यु अगाडि लेखेको पत्रमा उल्लेख गरेकी छन्। उनले कहिल्यै भेट नभएको, आफूले नदेखेको र बाबु भएको मान्छेले बिहेका लागि दिएको दबाब झेल्न नसकेर आत्महत्या गर्नुपरेको पत्रमा उल्लेख गरेकी छन्।

खड्कको अकल्पनीय मृत्युले एक असल तथा जेहेन्दार साथी गुमाएको कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति यमराज जोशीले उल्लेख गरेका छन्। उनले सबैलाई आँट दिने खड्काले आफैं मृत्युको बाटो रोज्न पुगेको खबरले मर्माहत भएको बताएका छन्।

यस्तै, कैलाली बहुमुखी क्याम्पसका प्रमुख डाक्टर लोकबहादुर बिष्टले क्याम्पसले एक होनाहार विद्यार्थी गुमाएको बताएका छन्। अध्ययनमा मेधावी खड्काको मृत्युले सिङ्गो क्याम्पस परिवार शोकमा डुबेको क्याम्पस प्रमुख बिष्टले उल्लेख गरेका छन्। खड्काको शोकमा कैलाली बहुमुखी क्याम्पसले बुधवार शोक बिदासमेत दिएको थियो -दिनेश खबरबाट साभार

ट्याग गरिएको:featured
अघिल्लो लेख रुपन्देहीमा रुखमा गाडी ठोक्किँदा ३ जनाको ज्यान गयो
अर्को लेख राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी चार दलको आग्रह
  • अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा
  • बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान
  • विश्वकप क्रिकेट लिग–टु : नेपालसँगको खेलमा टस जितेर ओमानले पहिला ब्याटिङ गर्दै

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

स्पेनको गोदाममा विस्फोट : तीनजनाको मृत्यु

२०८१ मंसिर १३, बिहीबार ११:०७ गते
अन्तर्राष्ट्रियसमाचार

इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल

२०८२ चैत्र ११, बुधबार १०:१० गते
प्रदेशसमाचार

अक्सफोर्ड सेकेन्डरी स्कुलमा “नमुना मतदान कार्यक्रम २०८२” सम्पन्न

२०८२ जेष्ठ १६, शुक्रबार २२:१३ गते
कैलालीसमाचार

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन

२०८२ आश्विन ८, बुधबार १०:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?