यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जोगबुढा र दैजी जोड्ने सडकको अवस्था जीर्ण, तिस करोड रकम फिर्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जोगबुढा र दैजी जोड्ने सडकको अवस्था जीर्ण, तिस करोड रकम फिर्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

जोगबुढा र दैजी जोड्ने सडकको अवस्था जीर्ण, तिस करोड रकम फिर्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २२, बिहीबार १५:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा –डडेल्धुराको जोगबुढा र कञ्चनपुरको दैजी जोड्ने सडक खण्डको चुरेमा सडक मर्मत नहुँदा भित्री मधेशका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

जोगबुढाको अन्तिम पहाड न्वालीडाँडाबाट दैजी क्षेत्र देखिन्छ। आँखैअगाडि देखिने दैजी पुग्न अहिले त्यति सहज छैन। यस क्षेत्रको करिब चार किलोमिटर पार गर्न घन्टौँ लाग्छ भने यात्रुवाहक जिप हिलोमा फस्दा डोरीले तान्ने र पछाडिबाट धकेल्नुपर्ने अवस्था रहेको छ। चुरे पहाडको भिरालो सतहको हिलोमा फसेको गाडी तान्दै, धकेल्दै यात्रा गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ।

जोगबुढाबाट दैजीसम्मको दुरी करिब ८० किलोमिटर छ तर जोगबुढाबाट–बुडर–अत्तरिया हुँदै दैजी पुग्नु परे १३५ किमी दुरी पार गर्नु पर्दछ। करिब आधा छोटो सडक पर्ने भएकाले जोगबुढा क्षेत्रका बासिन्दा महेन्द्रनगरलगायत धनगढीको यात्रा यही सडकबाट गर्ने गर्दछन्।

सुदूरपश्चिम प्रदेशको गौरवको योजनामा पर्ने दैजी–जोगबुढा–डडेल्धुरा सडक सुधारका लागि आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय सरकारले ३० करोड रुपियाँ विनियोजन गरेको थियो तर सो बजेट कार्यान्वयन नगरिँदा फिर्ता भएको छ तर सडक डिभिजन कुलपातेका कार्यालय प्रमुख रमेश भट्टराई भन्छन्, “कुलपाते डिभिजनले कञ्चनपुर डिभिजनलाई जिम्मेवारी हस्तान्तरण गर्न नसक्दा विनियोजित रकम फिर्ता भएको हो ”।

सो बजेट डडेल्धुरा सडक आयोजना अन्तर्गत डोटीको कुलपातेमा रहेको सडक डिभिजन कार्यालयलाई जिम्मा दिइएको थियो तर प्रदेश सरकारले यो सडकलाई ‘प्रदेश गौरवको योजना’ घोषणा गरिसकेकाले सङ्घीय सरकारको काम गर्ने दायरा सीमित बन्यो। दैजी–गाईबाँधे–जोगबुढा–सलोन–चिकिट्टे–आइत–कीर्तिपुर–पोखरा–बेलापुर नाम दिइएको यो सडकलाई बझाङ जिल्ला भएर चीनसँग जोड्ने योजना प्रदेश सरकारको रहेको छ।

यसको दैजी–बेतकोट खण्ड कालोपत्रे भइसकेको छ। अगाडि पनि काम बढाउने योजना छ। यसै गरी जोगबुढा–गाईबाँधे सडकखण्ड कालोपत्रे भइसकेको छ भने गाईबाँधे–न्वाली खण्ड पनि कालोपत्रे हुँदै छ। दुईतिरबाट दुई वटा फरक फरक टेन्डरबाट काम हुँदै छन तर समयमा काम भने भएको छैन।

ट्याग गरिएको:featured
अघिल्लो लेख सन्तानब्बे वर्षमा नागरिकता
अर्को लेख रामेछापका विभिन्न पालिकाका सरकारी विद्यालयहरूमा रोबोटिक्स, एआई र ड्रोनसम्बन्धी कार्यशाला हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एनपीएलमा आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन खेल्दै

२०८१ मंसिर २८, शुक्रबार ०७:२६ गते
कञ्चनपुर

शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती

२०८१ श्रावण १९, शनिबार ०९:१८ गते
राष्ट्रिय

आज दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना : आइतवारसम्म उच्च सावधानी अपनाउन आग्रह

२०८१ आश्विन १०, बिहीबार ०८:५० गते
बझाङ

बझाङमा भूकम्पको धक्का

२०८१ आश्विन २, बुधबार १२:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?