यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संसद् अवरोधमा अर्को रेकर्ड, ५९ औं दिन पनि बाहिरिए रास्वपा र राप्रपा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संसद् अवरोधमा अर्को रेकर्ड, ५९ औं दिन पनि बाहिरिए रास्वपा र राप्रपा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

संसद् अवरोधमा अर्को रेकर्ड, ५९ औं दिन पनि बाहिरिए रास्वपा र राप्रपा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ८, बिहीबार १४:०४ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । संसद् रेकर्डमा नेपालका दलहरूको आ–आफ्नै रेकर्ड छन् ।

यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्को रेकर्ड राखेका छन् ।

दुवै दल ५९ दिनदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेका छन् । उनीहरूको अवरोधका बाबजुत प्रतिनिधि सभाको बैठक चलिरहेको छ । आफ्नो अवरोधको अर्थ नभएपछि दुवै दलका सांसदहरूले पछिल्लो समय बैठक सुरु भएपछि आफ्ना कुरा राख्छन् र बाहिरिन्छन् ।

आज ५९ औं दिन पनि दुवै दलका सांसदहरू आफ्ना कुरा राखेर बाहिरिए ।

दिउँसो १ बजेका लागि तय भएको बैठक केही ढिलोगरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध गरे ।

सभामुखले समय दिएपछि भिजिट भिसा प्रकरणको निश्पक्ष छानबिनका लागि सरकार तयार नभएको आरोप लगाए । भिजिट भिसाका नाममा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन हुने गरेको भन्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय न्यायीक आयोग गठन हुनुपर्ने उनीहरूको माग छ ।

यही माग राखेर उनीहरू १३ जेठ २०८२ देखि प्रतिनिधि सभामा विरोध गर्दै आएका छन् । १५ जेठमा बजेट प्रस्तुत गर्न दिएता पनि बाँकी बैठकका गतिविधिमा भाग लिएका छैनन् ।

सुरुमा वेल घेराउ र नाराबाजी गरेका रास्वपाका सांसदहरूले केही समय वेलमै पलेंटी कसेर बसेर विरोध जनाए । पछिल्लो समय आफ्ना कुरा राख्ने र बाहिरिने गर्दै आएका छन् ।

विगतमा झैँ बिहीबारको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठे ।

सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबट बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले सरकारले दमनकारी शैलीमा राज्य चलाउन उद्धत रहेको आरोप लगाइन् ।

ललितपुरमा मन्त्री क्वार्टर बनाउने नाममा नागरिकलाई हिड्न गाह्रो हुने गरी संरचना बनाउन लागि परेको बताइन् ।

सरकार बन्दा कांग्रेस र एमालेले संविधान संशोधन र सुशासनको प्रतिबद्धता आएको तर, व्यवहारमा ठिक उल्टो रहेको बताइन् ।

भिजिट भिसाको नाममा भएको अपारदर्शी लेनदेनबारे छानबिन माग गर्दा आफूहरूको आवाज नसुनिएको उनको गुनासो छ ।

‘दुई प्रतिपक्षी दलले निरन्तर विरोध गरेतापनि निर्वाध रुपमा यो संसद किन चलिरहेको छ ? यो संसद् कसको हो ? जनताको आवाज हो कि सरकारको कठपुतली हो ?,’ उनले प्रश्न गरिन् ।

इतिहासले यसको समीक्षा गर्ने उनको चेतावनी छ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नैपर्ने उनको माग छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले भिजिट भिसाको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने बताए । संसदीय छानबिन समिति नबनेसम्म संसद्को गतिविधिमा भाग नलिने अडान दोहोर्‍याए ।

बुधबार सभामा बोलेकी रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले भिजिट भिसाका नाममा नेपाली बेचिने काम भइराखेको र यो गम्भीर विषय भएको बताएकी थिइन् । तस्करको सेटिङ नरोकिएको उनको भनाइ छ ।

७८ लाख घुस डिल गरेको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएको तर, ३२ लाख घुस डिल गरेको आरोप लागेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी संसद्मै रहेको भनेर पनि उनले सरकारको ध्यानाकर्षण गरिन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन जताततै भ्रष्टाचार रहेको बताउँछन् । भ्रष्टाचार अन्त्य गर्नका लागि छानबिनमा राजनीतिक नेतृत्वलाई ल्याइनुपर्ने उनको आग्रह छ ।

उनका अनुसार नेपालबाट कोरिया जानेलाई एउटै प्लेनबाट जाने भनेर कुरा मिलाएर खानेहरू समेत रहेका छन् ।

आफूहरूले संसद्मा गरेको विरोध सरकारले नसुनेकोमा उनको चित्त दुखाइ छ ।

भ्रष्टाचारसँग सम्बन्धित विषयमा समेत छानबिन गर्न सरकार तयार नभए सडकबाट दबाब दिने लिङ्देनको चेतावनी छ ।

अघिल्लो लेख गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृ*त्यु
अर्को लेख सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२०८२ फाल्गुन २७, बुधबार १७:५८ गते
राजनीति

आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’

२०८१ फाल्गुन १, बिहीबार १४:४१ गते
अन्तर्राष्ट्रियराष्ट्रिय

राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्षमा नेपाल

२०८१ श्रावण ११, शुक्रबार १५:०५ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

सेवा र विकासका लागि युवाद्धारा १३ जिल्लामा शैक्षिक सामाग्री वितरण गरिने

२०८२ जेष्ठ २, शुक्रबार २०:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?