यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २९, सोमबार १२:३८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ ।

अब अर्को अस्पतालमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।

विभिन्न किसिमका बिरामीको रेफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए ।

निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्‍याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ । यसअनुसार प्रथम विन्दुको अस्पतालले त्यहाँ सम्भव नभएको उपचारका लागि मात्र नजिकको अस्पतालमा रेफर गर्नुपर्नेछ । यसैगरी प्रथम विन्दुको स्वास्थ्य संस्थाले बिरामीलाई रेफर गर्नुअघि सम्बन्धित अस्पतालमा सम्पर्क गरेर त्यहाँ उपचार, शय्या तथा आवश्यक सेवा भए/नभएको सुनिश्चित गर्दै समन्वय गर्नुपर्नेछ ।

निर्देशिकामा हरेक अस्पताल, पालिका, प्रदेश र राष्ट्रियस्तरमा रेफरल एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ । निर्देशिकामा बिरामीका आवश्यक जानकारी साझा हुने भएकाले भइसकेको परीक्षण दोहोर्‍याउनु नपर्ने गरी थप जाँच हुने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गएको साउन २७ गते कुनै पनि स्वास्थ्य केन्द्रको आकस्म्कि कक्षमा विना कुनै सोधखोज अनिवार्य जीवन रक्षाको उपचार तत्काल शुरू गर्नुपर्ने र सम्भव नभएका उपचार सुरक्षित रेफरको दायित्व सम्बन्धित केन्द्रको हुने व्यवस्था मिलाउने घोषणा गरेका थिए ।

मन्त्री पौडेलले बिरामीको जीवन रक्षा र अस्पतालहरूमा चाप व्यवस्थापन यसको उद्देश्य रहेको बताए । एकातिर बिरामी कतै गएपछि विना कुनै ढिलाइ उपचार पाउनुपर्ने सुनिश्चित गर्न खोजेका र अर्कोतिर अस्पतालहरूमा चापको व्यवस्थापन समेत गर्ने लक्ष्य रहेको मन्त्री पौडेलले बताए ।

अघिल्लो लेख विभिन्न क्षेत्रका थारू बस्तीमा माघीको चहलपहल शुरू
अर्को लेख लस एन्जलसको डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

रारातालस्थित होटलमा आगलागी हुँदा चार भवन नष्ट

२०८१ फाल्गुन १५, बिहीबार ०९:११ गते
राष्ट्रियसमाचार

कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ देखि शुरु हुने

२०८२ फाल्गुन ५, मंगलवार १२:१४ गते
राष्ट्रिय

सौर्यका क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?

२०८१ श्रावण ९, बुधबार १३:४९ गते
राष्ट्रिय

पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा

२०८१ श्रावण ५, शनिबार १४:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?