यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विभिन्न क्षेत्रका थारू बस्तीमा माघीको चहलपहल शुरू
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विभिन्न क्षेत्रका थारू बस्तीमा माघीको चहलपहल शुरू
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

विभिन्न क्षेत्रका थारू बस्तीमा माघीको चहलपहल शुरू

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २९, सोमबार १२:२४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली –पश्चिम नेपालका तराई क्षेत्रमा थारू समुदायको माघी पर्वको चहलपहल शुरू भएको छ ।

आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा माघीको चहलपहल शुरू भएको हो ।

विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि शुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व शुरू भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिए ।

आज बिहानैदेखि थारू गाउँहरूमा बङ्गुरको मासुका परिकार बनाउन शुरू भइसकेको थारू अगुवा चौधरीले बताए । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरूलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उनले बताए ।

माघीको दोस्रो दिन भोलि माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ ।

त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ ।

त्यसपछि घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा छ । तेस्रो दिन अर्थात् माघ २ गते पर्सि चामल र मासको दालको खिचडी खाने गरिन्छ ।

थारू समुदायको मुख्य पर्व भएकाले यतिबेला थारू गाउँबस्तीमा पर्वको रौनक छाएको गोदावरी नगरपालिका–८ फकलपुरका स्थानीयवासी माधव चौधरीले बताए । उनका अनुसार थारू समुदाय बसोबास गर्ने गाउँ, बस्ती अहिले माघीमय भएका छन् ।

थारू जातिको परम्परा, लोक संस्कृति झल्कने मघौटा नाच, लोक गीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन थालेको छ । यो पर्व थारू समुदायको नयाँ वर्ष भएकाले उनीहरूले वर्षभरिको गतिविधिको समीक्षा गर्छन् ।

माघी पर्वसँगै थारू समुदायमा विधिवत् रूपमा विवाह, अंशबण्डालगायत कार्यको थालनी हुन्छ । माघीको अवसरमा सुदूरपश्चिम प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । यस्तै लुम्बिनि प्रदेशको दाङको घोराही उपमहानगरपालिका लगायत थारू बाहुल्यता रहेका अरू विभिन्न पालिकाले आज बिदा दिएका छन् ।

अघिल्लो लेख कञ्चनपुरमा लागूऔषध र चेक अनादर मुद्दाका ३ जना फरार दोषी पक्राउ
अर्को लेख बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

हिउँदे वर्षा शुरू : सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात

२०८१ मंसिर २५, मंगलवार ०७:१९ गते
राष्ट्रियसमाचार

२०८३ सालको पात्रो सार्वजनिक : दशैंको टीका कार्तिक ४ गते

२०८२ फाल्गुन २, शनिबार १५:४१ गते
राष्ट्रियसमाचार

सिमलताल घटनाको आज एक वर्ष पूरा, ३९ जना यात्रु अझै भेटिएनन्

२०८२ असार २८, शनिबार १३:५८ गते
राष्ट्रियसमाचार

हेमोफिलियाको औषधि आइपुग्यो‚ १४ सरकारी अस्पतालमार्फत निःशुल्क वितरण गरिने

२०८२ बैशाख २३, मंगलवार १५:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?