यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीमाथि चोरीको आरोपित भगाउँदै गरेको आरोप, पत्रकारको धर्नापछि फेरि पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीमाथि चोरीको आरोपित भगाउँदै गरेको आरोप, पत्रकारको धर्नापछि फेरि पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

प्रहरीमाथि चोरीको आरोपित भगाउँदै गरेको आरोप, पत्रकारको धर्नापछि फेरि पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ८, सोमबार २१:१२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली ।कैलालीमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको पुर्नवास नगरपालिका-१० विकासबस्तीका किशन राना रहेका छन् ।

उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीले कञ्चनपुर प्रहरीको समन्वयमा पुर्नवासबाटै पक्राउ गरेको हो । 

उनीमाथि सुदूरपश्चिम प्रदेश ०१-०१० प ५६२० नम्बरको २२० सिसीको बजाज कम्पनीको मोटरसाइकल चोरीमा संलग्न रहेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार रानालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पुष्टि गरेको छ ।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । हाल उनी कैलाली प्रहरीको हिरासतमा छन् । पक्राउ परेका रानालाई पुस ५ गते आफै जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएका थिए ।

तर प्रहरीले उनलाई त्यही दिन छोडेको थियो । यता सवारी धनी तथा पत्रकार कलम सावद आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा धर्ना दिन पुगेका थिए ।

पत्रकार कमल सावद आइतबार कैलाली प्रहरी परिसरमा धर्नामा

प्रहरीले आफ्नो मोटरसाइकल खोज्न लापरबाही गरेको, मुद्धा दर्ता नगरेको र जिल्ला प्रहरी कार्यालय कैलालीमा आफै हाजिर भएका आरोपित रानालाई लिखितम् कागजसमेत नगराई छाडेको भन्दै धर्नामा बसेका थिए । प्रहरीले नै आरोपितलाई भगाएको पत्रकार सावदको आरोप थियो ।

तर कैलाली प्रहरीका प्रमुख विष्टले आरोपित रानालाई सोमबार पक्राउ गर्ने प्रतिबद्धता जनाए पछि उनी धर्नाबाट पछि हटेका थिए । उनी जिल्ला प्रहरी कार्यालयमा धर्ना बसेपछि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरतबहादुर शाह लगायत पत्रकारको टोली त्यहाँ पुगेको थियो ।

पत्रकारको टोलीसँग कैलालीका प्रहरी प्रमुख विष्टले सोमबार फेरि आरोपितलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार आरोपित रानालाई सोमबार पुनः पक्राउ गरिएको हो ।

उनको मोटरसाइकल भदौं १३ गते धनगढीको दिनेश एफएमबाट खरिद गरेकै दिन चोरी भएको थियो । प्रहरीले पनि सोही दिनबाट खोजतलास गरेपनि अहिलेसम्म मोटरसाइकल भेटाउन सकेको छैन ।

प्रहरीले आफूहरुले भ्याएसम्म खोजी कार्य भइरहेको दाबी गरेको छ । तर यता सवारी धनी सावदले भने प्रहरीले मोटरसाइकल खोज्न लापरबाही गरेको भन्दै प्रहरी कर्मचारीलाई समेत कारबाही गर्न माग गरेका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय कैलालीका कर्मचारीलाई कारबाही गर्न सोमबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा निवेदन दिएका छन् ।

अघिल्लो लेख भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
अर्को लेख एनएनआईपीए स्पोर्टस अवार्ड पुस २० गते हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

गृहसमाचार

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ

२०८१ असार २३, आईतवार २२:५३ गते
अर्थ-वाणिज्यसमाचार

हिजो कीर्तिमान बनाएको सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो

२०८२ पुष १, मंगलवार ११:४४ गते
राष्ट्रिय

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

२०८१ श्रावण २४, बिहीबार १८:३३ गते
कञ्चनपुरगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा भारी वर्षा : दैजी, चौधर र सुहेली नदीमा बाढीको जोखिम

२०८१ असार २३, आईतवार २३:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?