यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर आमनेसमाने हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर आमनेसमाने हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर आमनेसमाने हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ३, बुधबार ०९:५२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आज लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ।

खेल दिउँसो १ बजे कीर्तिपुरमा सुरु हुनेछ। जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ। लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ। यता लिगको सुरुवाती खेलहरुमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरको प्रदर्शन पनि क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ।

जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो। सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ। आज जनकपुरका लागि कप्तान अनिल साहले एनपीएलका बाँकी खेल गुमाउने भएका छन्। जारी प्रतियोगितामा जनकपुरलाई क्वालिफायरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका अनिलको हातमा चोट लागेको छ।

अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । नेपाली टिमका ओपनर समेत रहेका अनिलले लिगको पछिल्लो खेल भने खेलेका थिए। उनी सो खेलमा आठ रनमै आउट भएका थिए।। त्यो खेलमा आउट हुँदा उनको हातमा चोट लागेको हो। अब उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ।

यता एलिमिनेटरमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ। विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धाको अवसर पाउनेछ।

क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबिच फाइनलमा पुग्न बिहीबार प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिबार हुनेछ।

उद्घाटन देखिनै हजारौँ नेपाली क्रिकेट दर्शकको साथ पाएको एनपिएलको प्लेअफ चरणका खेलमा दर्शकको चाप झनै बढ्ने देखिएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो। विभिन्न देशका ४० भन्दाबढी खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ।

यस्तै उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ।

एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार पाउनेछ।

ट्याग गरिएको:featured
अघिल्लो लेख आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस : सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना र सीप महत्त्वपूर्ण
अर्को लेख स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

उपनिर्वाचनः मौन अवधि सुरु, के गर्न पाइँदैन

२०८१ मंसिर १४, शुक्रबार १२:२० गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा मनाइयो विद्यार्थी साहित्य महोत्सव

२०८१ पुष ९, मंगलवार १७:१२ गते
कैलाली

धनगढीमा १४ वर्षपछि ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ हुँदै

२०८१ मंसिर १४, शुक्रबार १७:१६ गते
राष्ट्रियसमाचार

जेनजी आन्दोलनका क्रममा भागेका ८ हजार भन्दा बढी कैदीबन्दी कारागार फर्किए

२०८२ आश्विन १०, शुक्रबार १५:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?