यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विवाहपञ्चमी महोत्सवमा २० लाख जनाभन्दा धेरै दर्शनार्थी सहभागी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विवाहपञ्चमी महोत्सवमा २० लाख जनाभन्दा धेरै दर्शनार्थी सहभागी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

विवाहपञ्चमी महोत्सवमा २० लाख जनाभन्दा धेरै दर्शनार्थी सहभागी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २२, शनिबार ११:३६ गते
SudarshanTelevision
5 मिनेटको
विवाह पञ्चमी महेन्द्रनगर(धनुषा), २१ मङ्सिर : विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुँदै । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइन्छ। तस्बिर : निरंजनकुमार साह/रासस
सेयर गर्नुहोस्

धनुषा –श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ ।

जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौं श्रद्धालुको सहभागिता रह्यो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा झन्डै २० लाख जनाभन्दा धेरै दर्शनार्थी सहभागी भए । त्रेतायुगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो देशबाट हजारौं दर्शनार्थी जनकपुरधाम आइपुगेका हुन् ।

यस पटक प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्ती पनि आएका छन् । अयोध्याबाट रामजन्म भूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत राय, अयोध्याका प्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद् केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कज सहितका व्यक्ति जन्तीमा आएका हुन् ।

जकपुरधाममा रहेको जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम प्रत्येक वर्ष आयोजना हुनेगर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै रामजानकी विवाहका लागि मण्डप सजाएको छ ।

जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई विवाहपञ्चमीका लागि सिङ्गारिएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले छोरीको बिहे आयोजना गरिरहेको जस्तै अनुभव गर्ने गरेको बताए ।

महन्त दासका अनुसार बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुन्छ । यता राम मन्दिरका महन्त बाबा राम गिरि पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दैनन् । उनले भने, ‘सीताजस्तो बुहारी पाउने भएपछि हर्षविभोर हुनु स्वाभाविक नै हो ।’

त्रेतायुगमा अयोध्या नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगर दर्शन गराइन्छ ।

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो । फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेतायुगमा भगवान् रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको जानकार डा.राजेन्द्र विमलले बताए ।

यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ । तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बाया हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने वचन लिएर धनुष यज्ञको आयोजना गरिएको अर्का जानकार संस्कृतविद् एवम् पण्डित मुकेश प्रतिहस्तले बताए ।

त्रेतायुगमा यो धनुष यज्ञको आयोजना रङ्गभूमि मैदान १२ बिघामा भएको जनविश्वास छ । त्यही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ । महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा हजारौंको श्रद्धालुका बीच तिलकोत्सव विधि सम्पन्न हुन्छ ।

महोत्सवको पाँचौं दिन मटकोर विधि गरिन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरूले जनकपुरधामकै पवित्र सरोवर रहेको गङ्गासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्पराअनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गरिन्छ । त्यही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ ।

छैटौं दिन ऐतिहासिक रङ्गभूमि मैदानमा स्वयंवर विधि सम्पन्न भएको छ भने शुक्रवार राति वैदिक परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिएको छ । स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रङ्गभूमि मैदान १२ बिघा पुग्ने गर्छ ।

स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ । शुक्रवार राति हुने यो वैवाहिक कार्यक्रममा महिलाहरू विवाहका गीतहरू गाउने गर्छन् ।

विवाहपञ्चमीको सातौं दिन भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधुसन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिन्छ जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गर्नेसमेत परम्परा रहेको छ । मन्दिरका पुजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन् जसले अद्भुत वातावरणको निर्माण गर्छ ।

अघिल्लो लेख डडेल्धुराको नवदुर्गामा २५ र २६ गते समैजी जाँत मनाइने
अर्को लेख सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

बालेन–कुलमान वार्तामा मिसिए रवि

२०८२ पुष १३, आईतवार १३:२४ गते

रोजगार मेलामा १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता

२०८१ असार १८, मंगलवार १०:०० गते
राष्ट्रियसमाचार

काठमाण्डौंका १९ ठाउँमा निःशुल्क वाइफाइ सञ्चालन

२०८२ कार्तिक १९, बुधबार १०:१२ गते
कैलालीसमाचार

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

२०८२ पुष ६, आईतवार १५:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?