यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा माओवादीद्वारा एमालेलाई समर्थन : उम्मेदवार एमालेको प्रचारमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा माओवादीद्वारा एमालेलाई समर्थन : उम्मेदवार एमालेको प्रचारमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

बाजुरामा माओवादीद्वारा एमालेलाई समर्थन : उम्मेदवार एमालेको प्रचारमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ७, शुक्रबार ११:१७ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा ।बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा माओवादीको उम्मेदवार बनेकी राजु कुमारी विक एमाले प्रचार प्रसारमा जुटेकी छन् ।


मंसिर २ गते माओवादी केन्द्रबाट उनले उम्मेदवारी दर्ता गरेकी थिइन् । ५ गते एमालेलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको भोली पल्टैबाट उनी एमाले प्रचार प्रसारमा लागेकी हुन् । ‘एमालेलाई सघाउने गरी उहाँले उम्मेदवारी फिर्ता लिनु भएको हो’, माओवादी प्रदेश सचिव सुरेश विकले भने, ‘एमालेलाई सघाउने निर्णयनै गरिसकेका छौं ।’

माओवादी पार्टीबाट उम्मेदवार भएकी राजु विक स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटको एमाले चुनावी सभामा पनि देखिएकी थिइन् । उनले एमाले जिताउन पनि आह्वान गरिन् । आज माओवादी उम्मेदवारले प्रचार गरेको वडाबाटै कांग्रेस र नेकपा एसको उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँ नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा, माओवादी केन्द्रले राजु कुमारी विक र नेकपा एसले जवा शाहीलाई उम्मेदवार बनाएको थियो । माओवादीले उम्मेदवारी फिर्ता लिएपछि अहिले कांग्रेस एमाले र नेकपा एस भिड्ने भएका छन् । कांग्रेस र एमाले नाई मुख्य प्रतिस्प्रधा हो । पटक पटकको वार्ता र संवाद पनि उनले उम्मेदवारी फिर्ता लिएको र एमाले जिताउने अभियानमा लागेको एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बताए । ‘पटक पटक संवाद र छलफल भयो थियो । त्यो सफल भएको छ । अहिले एमाले जिताउने अभियानसहित उहाँहरु सबै लागि सक्नु भएको छ’, उनले भने । एमाले जिताउने सहमति सहित फिर्ता गरिएको उम्मेदवारीका विषयमा पनि नगर कमिटीले स्वागत गर्दै सहमति कार्यान्वन गर्ने निर्णय गरेको छ ।

२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । अहिले माओवादीले पनि समर्थन गर्दा एमालेको जीत सुनिश्चित भएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले बताए । ‘हामी पहिले बाटै यहाँ बलियो हौं। यहाँका मतदाताहरुले एमालेलाई निकै रुचाउनु भएको छ । माओवादीले पनि साथ दिएपछि जीत सुनिश्चित भएको छ’ प्रदेश सचिव चन्दले भने । २०७९ मा उपाध्यक्षमा कांग्रेस मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन् । त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए ।यहाँ माओवादीले अध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा नेकपा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो । ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन् । ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन् ।

अघिल्लो लेख सारालाई मिस टिनको उपाधि
अर्को लेख बैतडीमा महसुल नतिर्ने झण्डै छ सय ग्राहकको विद्युत लाइन काट्ने तयारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीति

जग्गा तथा आवास विकासका समस्या समाधानका लागि कार्यदलले बुझायो प्रतिवेदन

२०८१ पुष ५, शुक्रबार १३:०२ गते
राजनीति

जनताका अपेक्षा बमोजिम निर्वाचन प्रक्रिया सहज बनाउनुपर्छ : प्रधानमन्त्री

२०८१ भाद्र १९, बुधबार १६:५७ गते
राजनीतिसमाचार

५२ संवैधानिक निकायमा नियुक्ति विवादमा सुनुवाइ जारी

२०८२ बैशाख ३०, मंगलवार १५:१९ गते
राजनीतिसमाचार

तीनकुने घटनामा गोली लागेकी रेविकालाई आठ लाख आर्थिक सहयोग

२०८२ जेष्ठ २८, बुधबार १२:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?