धनगढीः कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १० महिना १३ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सन्तोष राना पक्राउ परेका हुन्।
फरार रहेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो।





