कञ्चनपुर – कञ्चनपुरबाट ६ जुवाडे पक्राउ परेका छन्।
गएराती १२ बजे दोधरा चाँदनी नगरपालिका–६ संगम टोलका धने गुरुङको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन।
पक्राउ पर्नेमा दोधरा चाँदनी नगरपालिका–४ का ४९ वर्षीय मोहन बहादुर सिंहसहित ६ जना रहेका छन् ।
अन्यको नाम भने प्रहरीले खुलाएको छैन। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट २२ हजार १ सय ३० रुपैयाँ, २ वटा मोबाइल र १ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।





