धनगढी –कैलालीमा झन्डै ६ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ८९ हजार ३६० मूल्य बराबरको सामान बरामद गरिएको छ।
उक्त मुल्य बराबरको सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।





