यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: उग्रतारा–मेलौली सडकखण्डमा पुल नहुँदा आवतजावतमा समस्या
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: उग्रतारा–मेलौली सडकखण्डमा पुल नहुँदा आवतजावतमा समस्या
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुराबैतडी

उग्रतारा–मेलौली सडकखण्डमा पुल नहुँदा आवतजावतमा समस्या

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ११, मंगलवार १०:५१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

डडेलधुरा । उग्रतारा–मेलौली सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माण नहुँदा आवतजावतमा समस्या हुने गरेको छ । 

सडक कालोपत्रे भए पनि खोलामा पुल बन्न नसक्दा बर्खायाममा आवतजावतमा समस्या भएको हो । 

यस सडकखण्डको बसानागाडमा पुल नहुँदा मोटरसाइकलमा क्षति हुने गरेको स्थानीय राम खत्रीले बताए । एक साताअघि खोला तर्दा मोटरसाइकल बग्नबाट जोगिएको र कागजपत्र भिजेको खत्रीले बताएका छन् । 

डडेलधुराको उग्रतारा मन्दिरदेखि बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली भगवती मन्दिरसम्म जोड्ने उग्रतारा–मेलौली सडकखण्ड निर्माण सुरु भएको करिब चार दशक बितेको छ ।

अजयमेरु गाउँपालिकाका विभिन्न वडा जोड्दै तल्लो स्वराड पुग्ने सबैभन्दा छोटो दुरीको यो सडक लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा २०४२ सालमा निर्माण सुरु भएको थियो । 

यतिका वर्ष बित्दा पनि जम्मा १८ किलोमिटर मात्रै कालोपत्रे भएको छ । खोलामा पुल नहुँदा निकै सास्ती हुने गरेको छ । 

अटोरिक्सा चलाउँदै आएका नवराज भट्टले गाडमा पुल नहुँदा निकै समस्या भएको बताए । पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज रावलका अनुसार यस सडकलाई थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्कामा लैजाने योजना छ । 

अजयमेरु–२ का अध्यक्ष शिवराज भट्टले चालु आवमा बसना गाडमा पुल निर्माणको योजना अगाडि बढ्ने दाबी गरेका छन् ।

यस सडकखण्ड अन्तर्गत नौलाकोट गाडमा भने पुल बनेको छ । सुर्नया नदी र अन्य गाडमा भने पुल बन्न सकेको छैन । 

रातागौनदेखि ९६ किलोमिटर लामो दुरीको सडक निर्माण गर्ने कार्य जारी छ । उग्रतारा मन्दिरदेखि चमडासम्म सडक कालोपत्रे भइसकेको छ भने बैतडी खण्डमा पनि मेलौलीदेखि सुर्नया नदीको माथिसम्म कालोपत्रे भएको छ । गोरखापत्रबाट

अघिल्लो लेख कैलालीमा क्रेनको ठक्करबाट एक जनाको मृत्यु
अर्को लेख प्रचण्डले आज संसदमा सम्बोधन गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

बैतडीसमाचार

बैतडीमा बन्चरो प्रहार गरि आफ्नै काकीको हत्या, एक जना पक्राउ

२०८२ भाद्र २३, सोमबार १०:३१ गते
बैतडीराष्ट्रिय

पशुपतिनाथबाट बैतडीका आचार्य कृष्ण दमाईंकाे सन्देश

२०८१ श्रावण २६, शनिबार ०९:१७ गते
डडेल्धुरा

डडेल्धुराको गन्यापधुरामा कैलपाल जाँत, आज र भोलि मनाइँदै

२०८१ कार्तिक २२, बिहीबार १९:१४ गते
बैतडीसमाचार

बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ

२०८२ भाद्र ३१, मंगलवार १०:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?