
धनगढी –कैलालीको धनगढीमा चारवटा शौचालय निर्माण गरिने भएको छ।
उपमहानगरपालिकाले चारवटा सार्वजनिक शौचालय निर्माण गर्न ठेक्का सम्झौता गरेको हो।
उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको चार स्थानमा आधुनिक शौचालय निर्माणका लागि सम्झौता गरेको छ।
उपमहानगरपालिकाले एक करोड २० लाख ४० हजारको लागतमा चारवटा शौचालय निर्माण गर्न ठेक्का सम्झौता गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अगाडि, जिल्ला प्रशासन कार्यालय अगाडि र डिभिजन वन कार्यालय अगाडि गरेर चारवटा शौचालय निर्माण गर्न लागिएको जनाइएको छ ।




