यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपाको निर्णय : पार्टी निर्माणमा ध्यान दिने, भ्रष्टाचार मुद्दा उठाउने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपाको निर्णय : पार्टी निर्माणमा ध्यान दिने, भ्रष्टाचार मुद्दा उठाउने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

रास्वपाको निर्णय : पार्टी निर्माणमा ध्यान दिने, भ्रष्टाचार मुद्दा उठाउने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ५, बुधबार १८:२३ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अब हुने स्थानीय तहको उपनिर्वाचनलाई ध्यानमा राखेर पार्टी गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ ।

निर्वाचन आयोगले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिका लागि उप-निर्वाचन गर्ने तयारी गरेको छ ।

स्थानीय तहको निर्वाचन रास्वपाका लागि पहिलो हुनेछ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तहको उपनिर्वाचन केन्द्रित पार्टी गतिविधि सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।

संगठनको सक्रियता बढाउने उद्देश्यले भदौ महिनाभित्र सातै प्रदेशमा प्रशिक्षण गर्ने निर्णय पनि रास्वपाले गरेको छ । पार्टी सभापति रवि लामिछाने सातै प्रदेश पुगेर कार्यकर्तालाई प्रशिक्षित गर्ने रास्वपाले जानकारी गराएको छ । कर्णाली विशेष अभियान अन्तर्गत १५ भदौमा उक्त प्रदेशमा भेला गर्ने पार्टीले निर्णय लिएको छ ।

रास्वपाका नेताहरुका लागि केन्द्रीय समितिको आजको बैठकमा भ्रष्टचारका मुद्दालाई सशक्त रुपमा उठाउनुपर्ने विषयमा बढी समय छलफल भएको थियो । भ्रष्टाचारको मुद्दामा हदम्याद, स्वार्थ बाझिने र असमावेशी मन्त्री नियुक्ति, शिक्षामा राजनीतिकरण लगायतका मुद्दामा संगठित रुपमा विरोध गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

रास्वपा बैठकमा सरकारले विद्युत् महसुल उठाउन सरकारले उदासिनता र आनाकानी गरेको विचार नेताहरुले राखेका थिए । विद्युत् महसुल उठाउन सरकारले उदासिनता देखाएको उल्लेख गर्दै कार्यवाहक महामन्त्री बुर्लाकोटीले नीतिगत भ्रष्टाचारका लागि सरकारले ठाउँ बनाउँदै गएको आरोप लगाए ।

अनियमितताका प्रकरणमा संसदमा शसक्त आवाज उठाउने निर्णय गरेको रास्वपाले भ्रष्टचार विरुद्ध नागरिक समाजको आवाज पनि खोजेको छ । ‘नागरिक समाजलाई राष्ट्रहितका पक्षमा निष्पक्ष रुपमा बोल्न र दबाब दिन पनि आह्वान गर्ने’ निर्णय रास्वपा बैठकले गरेको छ ।

रास्वपाले पहिलोपटक राष्ट्रिय भेला गर्न लागेको छ । असोज १ र २ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाका लागि सहभागी हुने प्रतिनिधिहरुको टुंगो पनि बैठकले लगाएको छ ।

केन्द्रीय परिषद्का सदस्य, पालिका र निर्वाचन क्षेत्रका समितिका प्रतिनिधि, प्रदेश समितिरविभाग, गत निर्वाचनका प्रत्यक्ष एवं समानुपातिक उम्मेदवार राष्ट्रिय भेलामा सहभागी हुनेछन् । प्रतिनिधि छनोटका लागि गरिएको निर्णय अनुसार १३ सय बढी प्रतिनिधि राष्ट्रिय भेलामा सहभागी हुने रास्वपाले जनाएको छ ।

संविधान दिवसको अवसरमा ३ असोजमा नीति मन्थन गर्ने रास्वपाले निर्णय लिएको छ । संविधानका विषयमा हुने नीति मन्थनको तयारी गर्न जिम्मेवारी कानुन तथा न्याय विभागलाई दिइएको छ ।

बैठकले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भनी दोस्रोपटक स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । यसअघि सचिवालय बैठकले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको ठहर गर्दै २४ घन्टाभित्र जवाफ दिन ढकाललाई पत्र पठाउने निर्णय गरेको हो ।

अघिल्लो लेख भारतले आरजुलाई दिएको महत्वले एमाले बिच्कियो : प्रचण्ड
अर्को लेख दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

टेरासमक्स प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा, कार्की र बास्कोटालाई सफाई

२०८२ जेष्ठ १, बिहीबार १२:५५ गते
राजनीतिसमाचार

संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी चार दलको आग्रह

२०८३ बैशाख १६, बुधबार १४:२४ गते
राजनीतिसमाचार

प्रहरीले थाल्यो धनगढीमा गाजाको बोट नष्ट गर्ने अभियान

२०८२ असार १२, बिहीबार ११:२१ गते
राजनीतिसमाचार

हर्क साम्पाङको पार्टीलाई आयोगले प्रमाणपत्र दियो

२०८२ कार्तिक १६, आईतवार १७:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?