यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खस्कियो टेलिकमको आम्दानी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खस्कियो टेलिकमको आम्दानी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यराष्ट्रिय

खस्कियो टेलिकमको आम्दानी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ३२, शुक्रबार ०६:५९ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमको वित्तीय अवस्था खस्कँदो छ ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार एकै वर्षमा कम्पनीको आम्दानी करिब तीन अर्ब रुपियाँले घटेको छ ।

विवरण अनुसार गत आवमा कम्पनीले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार कुल आम्दानी गरेको छ । त्यसअघि आव २०७९/८० मा भने कम्पनीले ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार कुल आम्दानी गरेको थियो । यस हिसाबले एक वर्षकै अवधिमा कम्पनीको कुल आम्दानीमा दुई अर्ब ८० करोड रुपियाँले कमी आएको छ ।

कम्पनीको सञ्चालन आय पनि घटेर ३४ अर्ब ४६ करोड रुपियाँ पुगेको छ । त्यसअघि कम्पनीको यस्तो आय ३६ अर्ब २७ करोड रुपियाँ थियो । आम्दानी घटेसँगै त्यसको प्रत्यक्ष असर कम्पनीको मुनाफामा देखिएको छ । गत आवमा कम्पनीको खुद नाफा नै एक अर्ब ३० करोड रुपियाँले घटेको छ । विवरण अनुसार कम्पनीले गत आवमा छ अर्ब ६१ करोड ७७ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ जबकि त्यसअघि कम्पननीको खुद नाफा सात अर्ब ९२ करोड रुपियाँ थियो ।

कर भुक्तानअघिको कम्पनीको मुनाफा भने ११ अर्ब ६७ करोड ९८ लाख रुपियाँ रहेको छ । त्यसअघि कम्पनीले यस्तो नाफा ११ अर्ब ८४ करोड २५ लाख रुपियाँ गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३६.७७ रुपियाँ पुगेको छ ।

आम्दानी घट्नुमा कम्पनीले विभिन्न कारण देखाएको छ । खास गरी म्यासेन्जर, भाइबर, ह्वाट्स एपजस्ता ओटिटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवा तथा अन्तरआबद्धता आयमा एक अर्ब ४३ करोड रुपियाँले कमी आएको कम्पनीले जनाएको छ । ओटिटीका कारण भ्वाइस र एसएमएस सेवाबापतको आयमा नकारात्मक प्रभाव परेको कम्पनीले उल्लेख गरेको छ ।

सरकारी कम्पनी भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको कम्पनीले जनाएको छ । सेवा सञ्चालनका लागि आवश्यक ब्यान्डविथ विगत वर्षभन्दा कम दरमा खरिद गरिएका कारण सेवा सञ्चालन खर्चमा कमी आएको कम्पनीले उल्लेख गरेको छ ।

जिएसमए सेवाको अनुमतिपत्रको तेस्रो नवीकरणबापत २० अर्ब रुपियाँ भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न नसकेको कम्पनीले प्रस्ट पारेको छ । त्यस्तो भुक्तानीको निर्णय २०८१ वैशाखमा भएपश्चात् केही बैङ्कमा रहेका मुद्दती निक्षेपलाई परिपक्व अवधिभन्दा अगाडि फुकुवा गरी भुक्तानी गरिएको तथा बैङ्क ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब एक अर्ब २९ करोड ७३ लाख रुपियाँले कमी भएको टेलिकमले जनाएको छ । गोरखापत्रबाट

अघिल्लो लेख पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
अर्को लेख सार्वजनिक यातायातमा सिसिटिभी राख्न निर्देशन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन

२०८२ चैत्र २०, शुक्रबार ११:३५ गते
राष्ट्रिय

बुटवलको तिनाउ पुलमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

२०८१ मंसिर २९, शनिबार १०:४४ गते
राष्ट्रियसमाचार

मनसुन भित्रिएसँगै बाढीपहिरोका घटना र क्षति हुने क्रम शुरू : पूर्वका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८२ जेष्ठ १७, शनिबार ११:५६ गते
राष्ट्रिय

धरानको जङ्गलमा एक युवतीको शव फेला

२०८१ चैत्र २६, मंगलवार १०:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?