धनगढी । सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा तीजको रौनक सुरु भएको छ ।
भोलि श्रावण शुक्ल तृतीयाका दिन मनाउने तीजको एक दिन अगावैबाट यो समुदायमा पर्वको चहलपहल सुरु भएको हो ।
रानाथारु समुदायका महिलाले आफ्नो दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै तीज व्रत बस्ने चलन छ । यो समुदायको तीज भोलि परेको छ ।
तीजमा महिलाले सामूहिक रुपमा सामनको डोला (पिङ) खेलेर रमाउने चलन रहेको छ । यस क्रममा परम्परागत मौलिक गीत गाइने गरेको छ । कैलाली, कञ्चनपुरमा रानाथारु समुदायको बसोबास रहेको छ ।
यो समुदायका महिलाले अन्य समुदायका महिलाभन्दा अगाडि तीज पर्व धुमधामसंग मनाउने गरेका छन् ।



