धनगढी ।कञ्चनपुरको दोदा नदीको जलसतहले सतर्कता तह पार गरेको छ ।
दोदा/मछेली नदी बाढी मापन केन्द्रमा आज (बुधबार) साँझ ५:५० बजे सतर्कता तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।





