कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको बेल्डाडी गाउँपालिका–४ घर भई हाल बेदकोट नगरपालिका–७ बस्ने २५ वर्षीय रोहित चौधरी र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय शुवाश चौधरी रहेका छन् ।
२ दशमलब ०९ ग्राम लागूऔषध खैरो हिरोईन सहित नेपाल प्रहरी प्रदेश कार्यालय लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको छ।





