यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ३ सोमबार
2026, Oct 19, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वेष्टर्न क्रिष्टल एकेडेमीमा ‘१६औँ छुकछुके रोबोट’ कार्यशाला सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ३ सोमबार
2026, Oct 19, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वेष्टर्न क्रिष्टल एकेडेमीमा ‘१६औँ छुकछुके रोबोट’ कार्यशाला सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीप्रदेशसमाचार

वेष्टर्न क्रिष्टल एकेडेमीमा ‘१६औँ छुकछुके रोबोट’ कार्यशाला सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ आश्विन ५, सोमबार २०:१६ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित वेष्टर्न क्रिष्टल एकेडेमीमा १६औँ छुकछुके रोबोट कार्यशाला सम्पन्न भएको छ।
‘नवप्रवर्तनको यात्रा साथमा शिक्षा’ भन्ने नारासहित असोज २ गतेदेखि ५ गतेसम्म चार दिन सञ्चालन गरिएको कार्यशालामा कक्षा ८ र १० का विद्यार्थीहरु सहभागी भएका थिए।सहभागी विद्यार्थीलाई पाँच समूहमा विभाजन गरिएकोमा कोब्रा समूह विजेता बनेको विद्यालयले जनाएको छ।

कार्यशालामा विद्यार्थीले रोबोट तथा विभिन्न मेसिन निर्माणसँगै डिजाइनिङ, गियर, इलेक्ट्रोनिक्स, एआईलगायतका विषयमा प्रयोगात्मक ज्ञान हासिल गरेका थिए। पहिलो दिन कागजमा गरिने डिजाइनलाई कम्प्युटरमार्फत कसरी तयार गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो। दोस्रो दिन औद्योगिक क्षेत्रको महत्वपूर्ण आधार मानिने गियर र यसको कार्यप्रणालीबारे सिकाइएको थियो भने तेस्रो दिन इलेक्ट्रोनिक्सअन्तर्गत तार जोड्ने, प्लस–माइनस मिलाउने तथा पावर दिने तरिकाका साथै एआईबारे जानकारी दिइएको थियो। चौथो दिन विद्यार्थीले सिकेको सीप प्रयोग गरी रोबोट निर्माण तथा प्रदर्शन गरेका थिए।

विद्यालयकी प्राचार्य उर्मिला कुँवरले यस्ता कार्यक्रम खेल मात्र नभई विद्यार्थीलाई सोच्न, जिम्मेवार बन्न, सक्रिय हुन तथा सिर्जनात्मक क्षमता बढाउन सहयोग पुग्ने बताइन्। समयसापेक्ष र व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।

प्रशिक्षणमा गोदावरी आविस्कार केन्द्रका संचालक किरण भट्ट, तालिम प्रशिक्षक सम्राट भट्ट तथा सहायक प्रशिक्षक आशा भट्ट रहेका थिए।सञ्चालक किरण भट्टले विद्यालय तहमा सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक अभ्यासको अवसर प्रदान गर्नु केन्द्रको मुख्य उद्देश्य रहेको बताए। विज्ञान तथा प्रविधिमार्फत विद्यार्थीलाई नयाँ प्रविधिसँग जोड्दै आविष्कारतर्फ अग्रसर गराउने प्रयास भइरहेको उनले बताए। एप्लाइड साइन्समा इन्जिनियरिङ तथा प्रविधिसम्बन्धी प्रयोगात्मक ज्ञान आवश्यक पर्ने भएकाले विभिन्न विद्यालयमा पुगेर खेल तथा रमाइलो माध्यमबाट नयाँ प्रविधिबारे सिकाउँदै आएको भट्टले बताए। उनले वेष्टर्न क्रिष्टलका विद्यार्थी निकै सिर्जनशील रहेको उल्लेख गर्दै आगामी दिनमा थप नयाँ कोर्स सञ्चालन गर्ने जानकारी दिए।

कार्यशालाका सहभागी विद्यार्थीले चार दिनमा रोबोट निर्माणदेखि प्रविधिसम्बन्धी विभिन्न विषयमा नयाँ ज्ञान र सीप हासिल गरेको बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले विद्यार्थीलाई नयाँ प्रविधि र सिर्जनात्मक कार्यतर्फ अग्रसर गराउने अवसर प्रदान गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिए। उनले सामुदायिक विद्यालयमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्न वडा कार्यालय सहकार्य गर्न तयार रहेको बताए। बालबालिकालाई लागुऔषध तथा गलत संगतबाट जोगाउन र सकारात्मक गतिविधिमा जोड्न यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।

विद्यालयका संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभापति ललितराज पन्तले विद्यार्थीले उत्कृष्ट रोबोट निर्माण गरी सफल प्रदर्शन गरेकोमा बधाई दिँदै गोदावरी आविष्कार केन्द्रको टोलीलाई धन्यवाद दिए। किताबी ज्ञानभन्दा बाहिर रहेर विद्यार्थीलाई सिर्जनात्मक र सकारात्मक गतिविधिमा सहभागी गराउँदा उनीहरूको व्यक्तित्व तथा असल चरित्र निर्माणमा सहयोग पुग्ने उनले बताए। विद्यालय र आविष्कार केन्द्रबीचको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने पन्तले जानकारी दिए।

कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्याम्पसका उपप्राध्यापक लोकेन्द्र विष्ट, सिडलिङजुन एकेडेमीका उदयप्रताप सिंह, प्रशिक्षक, शिक्षक, शिक्षिका, विद्यार्थी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

ट्याग गरिएको:featured
अघिल्लो लेख आज कुन कुन स्थानमा छ भारी वर्षाको सम्भावना ?
अर्को लेख बाढीपछिको पुनर्निर्माणमा जीडीपीको १० प्रतिशत रकम चाहिन्छ, सहयोग चाहन्छौं: प्रधानमन्त्री
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा गहुँको आयात बढ्यो

२०८१ श्रावण १६, बुधबार १९:२० गते
समसामयिक/राेचक

सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’को रहस्यमय कथा बताउने नयाँ पोस्टर सार्वजनिक

२०८१ चैत्र ५, मंगलवार ११:३४ गते
राजनीति

राजसंस्था आन्दोलनबाट होइन छलकपटबाट फालिएको हो : ज्ञानबहादुर शाही

२०८२ बैशाख २३, मंगलवार १५:३८ गते
कैलाली

धनगढीमा लागू औषधसहित युवायुवती पक्राउ

२०८१ माघ २४, बिहीबार १२:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?