यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरा-हुम्ला सीमा विवादः घाइते चार जनाको हेलिकप्टरबाट उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरा-हुम्ला सीमा विवादः घाइते चार जनाको हेलिकप्टरबाट उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरासमाचार

बाजुरा-हुम्ला सीमा विवादः घाइते चार जनाको हेलिकप्टरबाट उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ जेष्ठ ६, बुधबार १७:०२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :जेठ ३ गते हुम्लाबाट आएका व्यक्तिबाट कुटपिटमा परेका बाजुराको हिमाली गाउँपालिका-३ का वडा सदस्यसहित चार घाइतेको बुधबार उद्धार भएको छ।

कुटपिटमा परेर सख्त घाइते भएकाहरूलाई उपचारका लागि सुर्खेत हुँदै काठमाडौँ लैजान लागिएको हो।

बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ मा प्रहरी चौकी निर्माण विरुद्ध उत्रिएका हुम्लाको खार्पुनाथ-२ थलीबाट आएका करिब तीन सय जनाको समूहले वडा सदस्य पेमा गारा गुरुङसहितलाई निर्घात कुटपिट गरि घाइते बनाएका हुन्। उक्त घटनाका चार जना घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

बुधबार दिउँसो १ बजे सिम्रिक एयरको हेलिकोप्टर मार्फत दुलिङ क्षेत्रबाट घाइतेहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।

उनका अनुसार उद्धार गरिएकामध्ये पेमा गारा गुरुङ, उनकी पत्नी लक्ष्मी गुरुङ, मिनु कुँवर र हुम्लाका ५० वर्षीय नरबहादुर गुरुङ रहेका छन्।

बाजुरा र हुम्ला जिल्लाको सिमानामा भएको विवादका घाइतेहरूमध्ये चार जनालाई उपचारका लागि सुर्खेत लगिएको छ । उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो ।

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमाको विषयमा मंगलबार फेरि विवाद भएको थियो। हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो।

ट्याग गरिएको:featured
अघिल्लो लेख रास्वपाले आज देशैभर वडा भेला गर्दै
अर्को लेख सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि गरिएको दरखास्त आह्वान रद्द
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

ओलीको चेतावनी : केही स्वार्थीहरूलाई महाधिवेशन लागेको छ, हिसाब–किताब गरिनेछ

२०८२ असार १४, शनिबार १२:२१ गते
अन्तर्राष्ट्रिय

आउँदो जनगणनामा जातजातिको पनि गणना गर्ने भारत सरकारको तयारी

२०८२ बैशाख १८, बिहीबार १२:२४ गते
अन्तर्राष्ट्रियसमाचार

नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने, ३ वटा एयरपोर्टबाट मात्र प्रवेश पाउने

२०८२ पुष २३, बुधबार १४:०५ गते
गृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

आजदेखि देशका धेरै ठाउँको मौसम क्रमिक रूपमा सुधार हुँदै

२०८१ असार २४, सोमबार ११:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?