यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ७ महिनामा सरकारको आम्दानी लक्ष्यको ८२.२६ प्रतिशतमात्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ७ महिनामा सरकारको आम्दानी लक्ष्यको ८२.२६ प्रतिशतमात्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

७ महिनामा सरकारको आम्दानी लक्ष्यको ८२.२६ प्रतिशतमात्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन १, शुक्रबार १५:०९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ७औं महिना (साउन–माघ) मा लक्ष्यको ८२.२६ प्रतिशतमात्र आम्दानी गर्न सकेको छ ।

सरकारले यस महिनासम्म कुल ८ खर्ब १३ अर्ब ६३ करोड बराबर राजस्व र विविध प्राप्तिबाट आम्दानी गर्ने लक्ष्य लिएको थियो । संकलन भने ६ खर्ब ६९ अर्ब ३२ करोड बराबर भएको छ । जुन लक्ष्यको ८२.२६ प्रतिशत हो ।

गत आव सोही अवधिको तुलनामा राजस्व संकलन २.८३ प्रतिशतले बढेको छ । २०८१/८२ माघ मसान्तसम्म ६ खर्ब ५० अर्ब राजस्व संकलन भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।

अर्थ मन्त्रालयका अनुसार राजस्वका मुख्य स्रोतमै लक्ष्य अनुसार संकलन हुन सकेन । जसको असर समग्र राजस्वमा स्पष्ट देखिएको छ । यस वर्ष माघ मसान्तसम्म १ खर्ब ७० अर्ब ५० करोड भन्सार महसुल उठाउने लक्ष्य थियो ।

संकलन १ खर्ब ३५ अर्ब ३२ करोड बराबर भएको छ । जुन लक्ष्यको ७९.३७ प्रतिशतमात्र हो । यो अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) लक्ष्यको ९०.४४ प्रतिशत उठेको छ ।

माघसम्म २ खर्ब १७ अर्ब बराबर भ्याट कर उठाउने लक्ष्य थियो । संकलन १ खर्ब ९६ अर्ब ४४ करोड बराबर भएको छ ।

अन्तस्शुल्क लक्ष्यको ९०.९० प्रतिशत उठेको छ । माघ मसान्तसम्म १ खर्ब १५ अर्ब अन्तस्शुल्क उठाउने लक्ष्य रहेकोमा १ खर्ब ५ अर्बमात्र संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै आयकर भने ७२.१० प्रतिशतमात्र उठेको छ । आयकर २ खर्ब २० अर्ब संकलन लक्ष्य थियो । संकलन भने १ खर्ब ५८ अर्ब ६६ करोडमात्र भएको तथ्यांक छ ।

विभागीय रूपमा हेर्दा पनि राजस्व संकलन गर्ने निकाय कुनैले पनि आफ्नो लक्ष्य भेट्न सकेनन् । भन्सार विभागले माघ मसान्तसम्म लक्ष्यको ८३.८४ प्रतिशत राजस्व उठाएको छ । आन्तरिक राजस्व विभागले ८१.३६ प्रतिशत उठाउन सकेको देखिएको छ ।

यस वर्ष आयकर गत आवको तुलनामा ०.८१ प्रतिशतले गिरावट आएको छ । अन्त:शुल्क १०.८८ प्रतिशतले बढेको छ । भ्याट कर ७.५८ प्रतिशतले बढेको पाइएको छ । भन्सार महसुल समेत ७.५३ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो लेख सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घट्यो
अर्को लेख आइतवारसम्म मतपत्र छपाइ सकिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

२०८१ माघ २१, सोमबार ०८:५० गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा ४ हजार १ सय रुपैयाँले बढ्यो

२०८२ माघ २६, सोमबार १४:१३ गते
अर्थ-वाणिज्य

सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार रुपैयाँ पुग्यो

२०८१ चैत्र ६, बुधबार १२:१० गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

२०८१ पुष ८, सोमबार ११:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?