काठमाण्डौं –शेयर बजार आज सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ५२ अङ्कले बढेर २ हजार ६ सय ४१ दशमलव ४३ विन्दुमा पुगेको छ ।
आज बैंक, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह २ दशमलव ५५ प्रतिशतले उकालो लागेको छ ।
आज १ सय २५ वटा कम्पनीको शेयर बढेकोमा १ सय २४ वटाको घटेको छ । यस्तै ११ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन आईसीएफसी फाइनान्सको डिबेन्चर २०८८ सबैभन्दा धेरै ३ दशमलव ३० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड २५ लाख कित्ता शेयर ६ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।





