यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २८, सोमबार ११:२२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

ललितपुर –नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको सबै तयारी पूरा गरेको छ ।

उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष विज्ञान तथा प्रविधि विकास यात्रामा एउटा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । नास्टको पहलमा नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा झन्डै दुई वर्ष लगाएर तयार गरिएको ‘मुनाल’ उपग्रह वनस्पति तथा वातावरणीय अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ ।

सीमित स्रोत र प्रविधिका बीच विद्यार्थीहरूकै नेतृत्वमा तयार भएको यो उपग्रहले अनुसन्धान, शिक्षण र प्रविधि विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । उपग्रहको सञ्चालन तथा निगरानी ललितपुरको खुमलटारमा रहेको ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा.रविन्द्रप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार ‘मुनाल’ उपग्रह भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को ‘एसएलभी–सिक्स टू’ रकेटमार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज बिहान नेपाली समयानुसार १० बजेर ३२ मिनेटमा प्रक्षेपण हुँदैछ । प्रक्षेपण भारतको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ ।

नास्टका अनुसार ‘मुनाल’ उपग्रहले पृथ्वीको तस्बिर तथा आवश्यक डाटा सङ्कलन गरी नेपालमै प्रशोधन गर्नेछ, जसबाट वनस्पति अवस्थाको अनुगमन, वातावरणीय परिवर्तनको अध्ययन र प्रविधि परीक्षणमा सहयोग पुग्नेछ । यसका साथै, विद्यार्थी तथा युवा वैज्ञानिकलाई अन्तरिक्ष प्रविधिमा प्रत्यक्ष संलग्न गराउँदै दीर्घकालीन रूपमा स्वदेशी जनशक्ति उत्पादनमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।

विज्ञहरूका अनुसार ‘मुनाल’ उपग्रहको सफल प्रक्षेपण र सञ्चालनले नेपाललाई अन्तरिक्ष प्रविधि प्रयोग गर्ने राष्ट्रहरूको सूचीमा थप मजबुत रूपमा उभ्याउनेछ । यसले भविष्यमा साना उपग्रह विकास, अनुसन्धान सहकार्य र व्यावहारिक उपयोगका नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ । रासस

अघिल्लो लेख सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
अर्को लेख सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

लगातार बढेको सुनको भाउ आज ६०० रुपैयाँले घट्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च

२०८२ पुष १४, सोमबार ११:१८ गते
अन्तर्राष्ट्रिय

दिल्लीमा भारी वर्षा : घर भत्किँदा चार जनाको ज्यान गयो

२०८२ बैशाख १९, शुक्रबार १५:४४ गते
राष्ट्रियसमाचार

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

२०८२ पुष २७, आईतवार १२:४६ गते
राजनीतिसमाचार

टिकट नपाएका एमाले नेताहरू उम्मेदवारसँगै मनोनयन दर्तामा पुगे

२०८२ माघ ६, मंगलवार १६:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?