धनगढी– जेन्जी आन्दोलनका अगुवा एवं वैकल्पिक राजनीतिका अभियान्ता पदमराज जाेशीले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने चर्चा चलिरहेकाे छ ।
लामाे समयदेखी वैकल्पिक राजनीतिको पहरेदारी गर्दै आएका जाेशीले जेन्जी आन्दालेनका मुद्दालाई संसदमा पुगेर प्रत्यक्षरुपमा आवाज उठाउने उद्देश्यले उनकाे उम्मेदवारी रहने उनी निकट स्राेतले जनाएकाे हाे।
जेन्जी उमेर समूहका उनले आन्दाेलनका मुद्दालाई अरु कुनै उम्मेदवारबाट सम्बाेधन हुने कुरा अनिश्चित जस्तै बनेकाे हुँदा ‘जसकाे मुद्दा उसकै नेत्तृत्व’ भन्ने उदेश्यका साथ तयारी थालेकाे स्राेतले बताएकाे छ।
धनगढी वडा नम्बर १० निवासी जाेशीले स्थानीय तहकाे निर्वाचन २०७९ मा हाल धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालका काेर टीममा बसेर काम गरेका थिए।
यस्तै हमालसँगै केही समय उनकाे सचिवालयमा काम गरेकाे पनि उनकाे अनुभव छ।
भ्रष्टाचार र वेथिती विरुद्ध उनले सधै कडा रुपमा आवाज उठाउँदै आएकाे उनकाे धनगढीकाे युवा जमातकाे भनाइ छ।
उनी विवेकशील साझा पार्टीकाे युवा संगठनकाे प्रदेश सचिव रहेर काम गरेकाे पनि अनुभव छ।




