मनिश कुँवर, सुदूरपश्चिमलाई राष्ट्रिय राजनीतिमा केवल नक्साको कुनाबाट उठाएर,
नाम, पहिचान र ओझसहित नीतिगत केन्द्रमा उभ्याउने नेतृत्व हो— शेर बहादुर देउवा।
उपेक्षा, दूरी र अवसरको अभाव, पिछडिएको, सिमान्तकृत र दीर्घ उपेक्षामा परेको सुदूरपश्चिम राष्ट्रको निर्णय–केन्द्रमा पहिचान, आवाज र नेतृत्व प्राप्त गर्नु कुनै संयोग होइन— यो देउवाको दीर्घकालीन राजनीतिक धैर्य र दृढता, समावेशी दृष्टि र संस्थागत हस्तक्षेप, संघर्ष र जिम्मेवार नेतृत्वको प्रतिफल हो।
जहाँ धेरैले सुदूरपश्चिमलाई केवल भोट बैंकका रूपमा सीमित गरे,
तर देउवाले यस क्षेत्रलाई राष्ट्रको निर्णय प्रक्रियामा सहभागी, प्रभावशाली शक्तिका रूपमा स्थापित गरे।
नाम मात्र होइन— सुदूरको ओझ, सम्मान र प्रभाव दिलाए।
इतिहासले यही तथ्य लेखेको छ,
सुदूरपश्चिम आज बोल्न सक्छ, उभिन सक्छ र राष्ट्रिय एजेन्डामा दाबी गर्न सक्छ भने त्यसको आधारमा देउवाको योगदान स्पष्ट रूपमा अंकित छ।
राजनीति भाषणले होइन,
क्षेत्रको हैसियत बदल्ने निर्णयले सम्झिन्छ।
तर आज यथार्थ फरक छ।
देउवा देशको नेतृत्वमा नहुँदा
सुदूरपश्चिम फेरि उपेक्षा, प्राथमिकताबाट बहिष्करण र बजेटीय अन्यायको चक्रमा फस्दै गएको छ।
निर्णयका टेबलमा सुदूरको आवाज कमजोर छ,
विकासका एजेन्डामा सुदूर ओझेलमा छ,
यो विकासको समस्या होइन, नेतृत्वको अभावको परिणाम हो।
इतिहासले स्पष्ट सन्देश दिएको छ,
देउवा हुँदा सुदूर सधै केन्द्रमा रह्ये,
देउवा नहुँदा सुदूर फेरि किनारामा धकेलिदै छ।
आज पनि देउवाको आवश्यकता अझ स्पष्ट छ—
फेरि एकपटक विकासलाई गति दिन,
समावेशीतालाई व्यवहारमा उतार्न,
पिछडिएका, सिमान्तकृत तथा राज्यको दीर्घ उपेक्षामा परेका समुदायको सशक्त आवाज बन्न,
र सुदूर, देश तथा विश्व राजनीतिमा नेपालको पहिचानलाई विश्वसनीय रूपमा उभ्याउन
देउवाको अनुभवी, सन्तुलित र सम्मानित नेतृत्वको।
राजनीति भाषणले होइन,
क्षेत्र, समाज, देश र अन्तर्राष्ट्रिय हैसियत बदल्दै इतिहास निर्माण गर्ने नेतृत्व हो— शेर बहादुर देउवा।





