कञ्चनपुर ।कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ ।
यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दिएका हुन् ।
चिसो अझै केही दिन रहने सम्भावना भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको वेदकोट नगरपालिकाले जनाएको हो । मौसम प्रतिकूलताका कारण विद्यार्थीको पठनपाठनमा बाधा भइरहेकाले विद्यार्थीको स्वास्थ्यलाई दृष्टिगत गर्दै पुस १६ देखि पुस १९ गतेसम्म पालिकास्थित विद्यालयहरूमा जाडो बिदा दिइएको शिक्षा शाखा प्रमुख हरिदत्त भट्टले बताए ।
उनका अनुसार, विद्यालयहरूले नियमानुसार पाउने बाँकी हिउँदे बिदाबाट कट्टी हुने गरी यस पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बुधबारदेखि पुस १९ गतेसम्म जाडो बिदा दिइएको हो ।



