काठमाण्डाै –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनको चौबीसकोठीमा भएको सभालाई सम्बोधन गरेका छन् ।
भरतपुरको चौबीसकोठीमा उनले विशेष सम्बोधनमार्फत चितवनले आफूलाई मात्र नभइ सिङ्गो देशलाई न्याय गर्ने विश्वास व्यक्त गरे । हिजो मात्रै थुनामुक्त भएका लामिछानेले चौबीसकोठीमा पहिलो सभालाई सम्बोधन गर्ने क्रममा आफूमाथि अन्याय भएको दोहोर्याए । नवयुवाको भावनालाई समेट्न आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ ।
रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने हिजो मात्रै जिल्ला अदालतमा उपस्थित भएर रिहा भएका हुन् ।





