यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ५ मंगलवार
2026, Jul 21, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ५ मंगलवार
2026, Jul 21, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीसमाचार

बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ३१, मंगलवार १०:५४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडीः यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण जिल्ला कारागार बैतडीबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न जिल्लास्थित सुरक्षा निकायले सक्रियता देखाएका छन्।

संयुक्त सुरक्षा टोलीले कैन्दीबन्दी पक्राउ गर्ने ‘अप्रेसन’ सञ्चालन गरी हालसम्म ८४ प्रतिशत फरार कैन्दीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। उनले भने, जिल्लाका सबै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरेर फरार कैदी समात्न अप्रेसन सञ्चालन गरेका छौँ। अहिलेसम्म ८४ प्रतिशत भागेका कैदी समात्न सफल भएका छौँ।

भदौ २४ गते राति यहाँको कारागारमा आगजनी र तोडफोड भएपछि ६२ जना फरार भएका थिए। उनका अनुसार तीमध्ये ५२ जनालाई संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएर कारागारमा राखिसकेको छ। फरार कैदी समात्नका लागि संयुक्त अप्रेसनका साथै भारतीय सीमासुरक्षा बलसँग पनि समन्वय गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

उनले भने, कैदीहरू भागेपछि जिल्लाका सबै प्रहरी युनिट र भारतीय प्रहरीसँग समन्वय गरी कैदीको हुलिया पठाएका थियौँ। सबैको सक्रियतामा हालसम्म ५२ जना पक्राउ परेका छन्। प्रहरी प्रवक्ता पाण्डेयका अनुसार ४८ जनालाई जिल्लाका विभिन्न स्थानबाट र चार जनालाई एसएसबीको सहयोगमा भारतको पिथौरागढ जिल्लाबाट पक्राउ गरिएको हो।

कारागारबाट कैदी फरार भएपछि निजहरू भाग्न र लुक्नसक्ने स्थानको विश्लेषण गरेर अप्रेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए। उनले भने, फरार कैदी खोज्न भारतीय प्रहरी, स्थानीय पालिकासँग समन्वय गर्नुका साथै हाम्रा प्रहरी युनिटलाई पनि सक्रिय गरेका हौँ।

संयुक्त अप्रेसनले बैतडीबाट फरारमध्ये ५२ जना र अन्य जिल्लाका कारागारबाट भागेर आएका ११ कैदीलाई पक्राउ गरिसकेको प्रहरी प्रमुख रायले जानकारी दिए। उनका अनुसार डडेल्धुराबाट छ, डोटीबाट चार र दार्चुला कारागारबाट भागेका एक जनालाई नियन्त्रणमा लिइएको हो। बाँकी फरारमध्ये १० जना कैदीको खोजी कार्य जारी रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ।

फरार बाँकी कैदीलाई कारागार फिर्ताका लागि अर्को सूचना जारी गर्ने तयारी भएको कारागार कार्यालय प्रमुख धारा भण्डारीले बताए। उनले भने, यसअघि पनि फरार कैदीलाई आफैँ कारागार फिर्ताका लागि सूचना जारी गरेका थियौँ, तर सबै सम्पर्कमा आएनन्, फेरि अर्को सूचना जारी गर्छौैँ। नआए कानुनअनुसार थप कामकारबाही अगाडि बढाउँछौँ।

अघिल्लो लेख संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह
अर्को लेख पुनर्निर्माणमा जुट्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको अपिल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

साफ यू–२० : श्रीलंकाविरुद्ध नेपाल विजयी

२०८१ भाद्र २, आईतवार १९:०२ गते
खेलकुदसमाचार

साफ फाइनललगत्तै युरोप उडिन् साम्बा

२०८१ कार्तिक १५, बिहीबार ०९:०३ गते
खेलकुद

काभा महिला लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान

२०८१ श्रावण २४, बिहीबार १६:४९ गते
कैलालीसमाचार

धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना

२०८२ जेष्ठ २१, बुधबार १०:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?