काठमाण्डौं ।जेन- जी आन्दोलनको क्रममा सोमबार प्रहरीको गोली लागेर कम्तीमा २० जनाको मृ*त्यु भएको छ ।
भ्रष्टाचार, नेताका सन्तानको विलासी जीवनयापन र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै जेनजीले देशभर आन्दोलन गरिरहेका छन् ।
दर्जनौंको ज्यान जाने गरि सरकारले वर्वर दमन गरेको भन्दै सेलिब्रेटी तथा नागरिक तहले यसको विरोध गरिरहेका छन् । यस्तोमा, लोकप्रिय लोकपप ब्याण्ड ‘नेपथ्य’ले सरकारी दमनको भर्त्सना गरेको छ ।
मुख्य गायक अमृत गुरुङले गोली हान्ने आदेश दिनेप्रति धिक्कार रहेको भन्दै भत्र्सना गरेका छन् । उनी लेख्छन्, ‘नाती पुस्तालाई गोली हान्ने आदेश दिने‘सबैप्रति धिक्कार छ ।’
जेनजी आन्दोलनको पूर्वसन्ध्यामा पनि आन्दोलनलाई समर्थन गर्दै ब्याण्डले आफ्नो बहुचर्चित गीत ‘गाउँ गाउँबाट उठ’लाई सामाजिक संजालमा सेयर गरेको थियो ।





