यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एक महिनामा साढे ८८ हजार भन्दा धेरै पर्यटक नेपाल आए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एक महिनामा साढे ८८ हजार भन्दा धेरै पर्यटक नेपाल आए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

एक महिनामा साढे ८८ हजार भन्दा धेरै पर्यटक नेपाल आए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १७, मंगलवार ११:२५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – गएको एक महिनामा ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिना अर्थात असार १५ देखि साउन १५ सम्म ८८ हजार ६ सय ८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो गएको वर्षको यही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो ।

सबैभन्दा बढी ४० प्रतिशत भारतीय पर्यटक नेपाल भित्रिएका छन् । यो अवधिमा भारतबाट ३५ हजार, चीनबाट सात हजार पाँच सय ३३, अमेरिकाबाट छ हजार ६८, श्रीलङ्काबाट पाँच हजार नौ सय ५६ र बङ्गलादेशबाट चार हजार दुई सय ६२ पर्यटक भित्रिएका हुन् । गएको पुसदेखि अहिलेसम्म झन्डै सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।

यसैबीच हिमाल आरोहण गर्न नयाँ शुल्क लागू भएको छ । पर्यटन विभागका अनुसार आउँदो आरोहणयामका लागि आरोहीले विभिन्न उचाइका हिमाल आरोहण अनुमति लिन नयाँ कायम गरिएको शुल्क बुझाउनुपर्ने छ । हिजोदेखि लागू भएको नयाँ शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्तयाममा सगरमाथाको नियमित मार्ग दक्षिणपूर्वबाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ ।

त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार सात ५० डलर बुझाउनुपर्ने छ । अहिले शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिने गरिएको थियो ।

सगरमाथाबाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन तीन हजार, शरदकालीन एक हजार पाँच सय र अन्य याममा सात सय ५० डलर शुल्क निर्धारण गरिएको छ ।

अघिल्लो लेख दार्चुला अटोरिक्सा दुर्घटना अपडेटः बेपत्ता दुईजनाको शव फेला
अर्को लेख सुनचाँदीको भाउमा लगातार कीर्तिमान : सुन तोलाको २ लाख ५ हजार ९ सय पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

समाचार

‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि मिसिने

२०८२ भाद्र २२, आईतवार १४:०८ गते
राष्ट्रिय

शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा

२०८१ पुष २, मंगलवार ०९:०२ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढ्यो

२०८२ मंसिर २५, बिहीबार १२:१२ गते
खेलकुद

खो–खो विश्वकपमा आज क्वार्टरफाइनलका खेल हुँदै

२०८१ माघ ४, शुक्रबार ०९:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?